७ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा ।

आज हङकङमा नयाँ थपिएका ७८ केस मध्ये सात वटा केस आयातित र ४२ वटा केस पुर्ब संक्रमित केससंग जोडिएको पाइयो जसभित्र १४-८८ वर्षका ४४ पुरुष ३४ महिला परेकाछ्न। ८ केस चाहिँ कम्युनिटी टेस्टिङ सेन्टरबाट आएका हुन।

२९ वटा केस कताको संसर्गबाट आयो अत्तोपत्तो छैन भने ७० जना आरम्भिक पोजेटिभ देखिएकाहरु पुर्ण पोजेटिभ पुष्टिको लागि पालो कुरेर बसेकाछ्न।

सरुवा रोग शाखाकी प्रवक्ता डाक्टर चुवाङ्का अनुसार स्थानीय संक्रमणका ३ केस लोहास पार्क र काइ ताक कन्स्ट्रक्सन साइट झुन्डबाट ,५ केस डान्स ग्रुप झुन्डबाट भने १ केस फङ सु चुन डे एक्टिभिटी सेन्टर साउ के वान बाट आएका छ्न।

मा ओन सान चुन सिन सेकेन्डरी स्कुल र क्वोङ मिङ स्कुलका एक विद्यार्थी र शिक्षक कोरोनाग्रस्त भएकाछ्न।

हङकङको जम्मा संक्रमित केस ६,९७६ पुगेकोछ।

तपाईको प्रतिक्रिया