८ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा

हङकङकि कार्यकारी प्रमुख कारी लामले आज एक प्रेस कन्फरेन्स मार्फत हङकङमा फैलिएको कोरोना भाइरसको चौथो लहरलाई नियन्त्रण गर्न अपनाइएको भौतिक दुरिको परिणाम आउन नपाई भाइरस संक्रमण हङकङका विभिन्न जिल्लाहरुमा झन फैलदै गरेको कुरा बताइन।

कोरोना भाइरस संक्रमणका विभिन्न स्रोत जस्तै नृत्याङ्गानाको समूह,सुपर मार्केटहरु ,आवासीय तथा वृद्ध गृह आदि परेकाछ्न।

एक हप्ताको अवधिमा जम्मा ६६१ केस हङकङमा फेला परेको थियोे भने लगातार तीन दिन सम्म त सय भन्दा बढी केस देखिएको थियो । ३६ जना रोगीहरुको अवस्था अहिले कृटिकल छ भने ४० जनाको अवस्था गंभिर छ।कृटिकल अवस्थामा रहेका ६ जना रोगीको उमेर ६० वर्ष मुनिका रहेकाछ्न भने ५ जना रोगी ५० वर्ष मुनिका रहेका छ्न। कम उमेरका मानीस लाई पनि कोरोना भाइरसले नछाड्ने रहेछ भन्ने कुरा अहिलेको तथ्यांकले जनाएकोछ। यो जाडो याममा सबैले थप सतर्कता अपनाउन आग्रह हङकङ सरकारले गरेको छ।

महामारी नियन्त्रण गर्न जति नै कडा भौतिक दुरि तथा सफा रहने नियम ल्याइएता पनि मानिसहरु रेस्टुरेन्ट र सपिङ्ग मलमा भेला हुन नछाडे पछि मानव ट्राफिकलाई नियन्त्रण गर्ने कुरामा सरकारको गंभिर ध्यानाकर्षण भएकोछ।

यस मानेमा सरकार प्रमुख कारी लामले बेलुकी ६ बजे उप्रान्त कुनै पनि रेस्टुरेन्टमा बसेर खान नपाइने कुरा बताएकी छिन।फिट्नेस सेन्टर , स्पोर्ट सेन्टर ,मसाज तथा ब्युटी सेलुन का सेवा निलम्बन गरिने भएकोछ। सरकारले महामारीको ठाडो असर परेका व्यापार व्यवसायलाई अनुदान दिने कुरा माथि छलफल गरिरहेछ।

लामले क्वाइ सिङ वेस्ट एस्टेट्वासीलाई कोरोना टेस्टको कार्य पुरा नभै बिल्डिङ नछोड्न अनुरोध गरिन।

स्मरण रहोस् डिसेम्बर २ बाट लागू सामाजिक भौतिक दुरि सम्बन्धि मापदण्डले संतोषजनक परिणाम नदिएपछि डिसेम्बर १० तारीख रातको 12 बजे देखि २३ डिसेम्बर सम्म दुई हप्ताको लागि नयाँ मापदण्ड लागू हुनेछ ।

तपाईको प्रतिक्रिया