८ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा ।

सेन्टर फर हेल्थ प्रोटेक्सनकि प्रवक्ता डाक्टर चुवाङ सुक क्वानले आजको नियमित हुने प्रेस ब्रीफिङमा १०० नयाँ कोभिड केस थपिएको बताइन जसमा ५ केस बाहिरबाट आएका छ्न भने ९५ केस स्थानीय रहेकाछन। स्थानीय संक्रमितको हकमा ६८ केस पुरानै रोगीबाट सरेको हो भने २७ केस स्रोतहिन रहेकाछन।कुल संक्रमित संख्या हङकङमा ७,०७६ पुगेको छ।

डान्स ग्रुप क्लस्टरबाट१३ जना आज थपिएको गरिकन यो समुहबाटको कुल संक्रमण संख्या ६६० पुग्यो।

लोहास पार्कको कन्स्ट्रक्सन साइटबाट आज ६ केस थपिएको छ आज। यो क्लस्टरको कुल संक्रमित संख्या ५२ पुग्यो।

फङ शु चुन डे एक्टिभिटी सेन्टरबाट २ नयाँ केस थपिएका छ्न।क्वाइ सिङ वेस्ट एस्टेट ब्लक ८ बाट पाँच केस थपिएका छ्न। यो ठाउँको कुल संक्रमित संख्या १८ पुग्यो। पाँच फ्लोरको आठ वटा एपार्ट्मेन्ट प्रभावित छ्न। यस बिल्ड्डिङका जम्मा २,३०० जना वासिन्दाको कोरोना परिक्षण भैसकेको छ।४, ७,८,१३ तल्लावासी केही वासिन्दामा प्रारम्भिक पोजिटिभ देखिएको छ। यो ब्लकमा करिब तीन हजार मानिस बस्छ्न।

एशिया वर्ल्ड एक्स्पो कम्युनिटी फेसिलिटिबाट आज ९ केस आएका छ्न। यहाँबाट आएको केसको संख्या १२ पुगेकोछ।

काम वाइ हाउस, काम फङ कोर्ट,६३८ साइ सा रोड, मा ओन शानका ४ जना वासिन्दामा पोजिटिभ देखिएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्सनका २ जना कर्मचारी संक्रमित भएकाछ्न आज।

सा तिनको याटा सुपर मार्केटबाट तीन वटा केस थपिएकाछ्न।यी रोगिहरु एउटै कोठामा खाना खाने गर्दथे।

हस्पिटल अथरिटीकि प्रतिनिधि सारा होका अनुसार आज सम्मका १,१३५ कोरोनाग्रसितहरुको उपचार २२ वटा विभिन्न अस्पतालमा भैरहेको छ।

तपाईको प्रतिक्रिया