२ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

तुन चुङ निवासी ३९ वर्षीया  डोमेस्टिक हेल्पर आखिर कताबाट कोरोना भाइरसको नयाँ स्ट्रेनद्वारा संक्रमित भइन  भन्ने प्रश्नको उत्तरमा सरकारको सल्लाहकार कमिटीले एउटा निष्कर्ष निकालेका छ्न। दुबईबाट फर्केका भारतीय इन्जिनियरबाट उनलाई अथाह रूपमा उक्त भाइरस सरेको कुरा ठहर रिसर्चद्वारा भएकोछ।

सरकारका सल्लाहकार माइक्रोवायोलोजिस्ट युन क्वक यङको भनाइ अनुसार साउथ अफ्रिकामा पहिलो चोटि देखिएको कोरोना भाइरसको यो भेरिएन्ट(B.1.351) दुबै जनामा भेटिएको थियोे र हङकङ युनिभर्सिटीका वैज्ञानिकले   दुबै जनाको भाइरस स्याम्पलमा सोही भाइरसको जिनोम सिकुएन्स फेला पारेका थिए ।

मे १ तारीख शनिबारको आर्टिएचके रेडियोमा उनले भने यो उच्च संक्रामक सामर्थ्य भएको भाइरसको नश्ल भित्रभित्रै फैलिसकेको कुरा प्रमाणित भैसकेकोले तुरुन्तै यसलाइ रोक्ने कदम उठाइनु पर्छ ।

अनुसन्धानले बताए अनुसार यो भाइरस कतै न कतै बाट उम्किएर यस्तो अवस्था आएको भन्ने विज्ञको ठहर छ। नाका नियन्त्रणमा भएको कमजोरी अथवा क्वारेन्टाइन मापदण्डको उलंघनबाट यो भाइरस उम्किएको हुनसक्दछ। नमूना संकलन गर्दा या त परिक्षण प्रक्रियामा त्रुटि भै नेगेटिभ परिणाम आएका कारण भाइरसले खेल्ने मौका पाएको हुन सक्ने तर्क उनले पेश गरेका थिए ।

विज्ञहरुले सरकारलाई भर्खरै क्वारेन्टाइन होटेल छोडेर गएकाहरुको एन्टिबडी  टेस्ट  गर्न सिफारिस गरेकाछ्न।

बिशेषगरि रामादा होटेलका  नर्थ पोइन्ट शाखा जहाँ दुबईबाट फर्किएका व्यक्ति क्वारेन्टाइन बसेका थिए र अर्को साइ यिङ पुन स्थित होटेल जहाँ कोरोना भाइरसको नयाँ भेरिएन्ट बोकेकी एक फिलिपिनो डोमेस्टिक हेल्पर बसेकी थिइन।

हङकङमा  दुई जना फिलिपिनो डोमेस्टिक हेल्परमा कोरोना भाइरसको नयाँ नश्ल देखा परेपछि हङकङ सरकारले यही मे ९ तारीख भित्र हङकङमा कार्यरत करिब ३ लाख ७० हजार डोमेस्टिक हेल्परहरुको अनिवार्य कोरोना परिक्षण गराउने लक्ष्य लिएको छ।


तर फिलिपिन्स मुलका डोमेस्टेक हेल्परमा गरिने यो सामुहिक कोभिड टेस्टले  नयाँ प्रजातिको भाइरस कताबाट संक्रमण भयो भन्ने कुरालाई पत्ता लगाउने होइन । अन्तरसंक्रमणको लकिर पत्ता लगाउन त कन्ट्याक ट्रेसिङ ( संक्रमित व्यक्ति घुमफिर गरेको स्थान पहिल्याउने बिधिबाट ) लाई नै प्रयोग गर्नु पर्दछ युन क्वकले चेतावनी दिदै भने।

अर्का सरकारी महामारी सल्लाहकार डेभिड हुइले पनि पोलिटेक्निक युनिभर्सिटीको रिसर्च टिमद्वारा  पनि डोमेस्टिक हेल्पर र इन्जिनियरमा भेटिएको भाइरसको जिन समूह ( genome sequence ) एउटै भएको निष्कर्ष नेकालेको कुरा बताएका थिए ।

“हामीले उच्च जोखिमयुक्त समुहहरु खुट्याएर कोरोना टेस्टलाई युद्धस्तरमा लानु पर्दछ सर्वप्रथम र त्यसपछिको अवस्थालाई नियाल्नु पर्दछ।” हुइले भने।

तपाईको प्रतिक्रिया