‘तिमीलाई माता उत्रन लागेको रहेछ । म उतारिदिन्छु । तिमी माता बन्नेछौ ।’ पेट दुख्ने व्यथा निको पार्न झाँक्री अर्जुन (चूडामणि) श्रेष्ठको शरणमा पुगेकीलाई फुरुक्क पारे । र, ‘घ’ महिलालाई पनि कता–कता माता बन्ने रहर जाग्यो । भगवानप्रति आस्था राख्नेको धार्मिक विश्वासको आडमा श्रेष्ठले यस्तो जालो बुने कि उनी त्यो जालोबाट उम्कनै सकिनन् । योजनाअनुरूप झाँक्री अर्जुनकै सहारामा माता बन्दै आएकी जुना राईले सहायकको भूमिका निर्वाह गरिन् । उनले भनिन्, ‘गुरुले मलाई पनि माता उतारिदिनुभएको हो ।

उहाँले माता उतार्दा श्रीमतीको जस्तो व्यवहार गर्नुहुन्छ । तर, नडराउनु, केही हुँदैन ।’ माता बनेकी जुनाले घ महिलालाई बारम्बार माता बन्न प्रेरित गरेपछि उनी धामी श्रेष्ठले भनेअनुसार असोज ५ गते राति १० बजे भेट्न पुगिन् । त्यसपछि कथित धामी अर्जुनले माता उतार्ने प्रक्रिया शुरु गरे । यो प्रक्रियामा सहभागी उनले श्रेष्ठको प्राकृतिक र अप्राकृतिक मैथुन क्रियालाई बलात्कार भन्न बाध्य हुनुप¥यो । कथित धामी श्रेष्ठ र कथित माता जुना राईविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै मुद्दा दायर गरेकी छन् ।

जाहेरवालीलाई पूजा कोठाभित्र सर्वांग नांगो बनाई शिवजीको पूजा गर्ने क्रममा निज जाहेरवालीको नराम्रो चिज बाहिर निकाल्न योनिरस चाहिने हुँदा एउटा हड्डीको टुक्रा मुखमा राखी दिई मेरो लिंग निजको मुखमा लगी छुवाई स्तन सुमसुम्याइ, चुम्बन गरी योनिमा मेरो लिंग छिराई करणी गरेको हुँ ।’ यौन प्यास मेटाएपछि श्रेष्ठले आफ्नो विर्यमिश्रित योनिरसलाई सेतो सुती कपडामा राखेर पूजाको ढोंग गरे । र, सफल बलात्कारी बनेको चिनोस्वरुप स्खलित विर्यमिश्रित योनिरस र अक्षता पोको पारेर पीडित महिलालाई घर पठाए ।

पीडित घ महिलाको जाहेरीका आधारमा प्रहरीको फन्दामा परेका कथित धामी श्रेष्ठले बयानका क्रममा अर्को कुरा पनि बकेका छन्, ‘त्यसको अघिल्लो दिन पनि सात कन्या देवी उत्रिएकी एक महिलालाई यसरी नै करणी गरेको छु ।’ तर, उनले लाजगालका कारण कुनै उजुरी दिइनन् । जसको फाइदा चूडामणि श्रेष्ठले अर्को महिलालाई शिकार बनाए । कथित माता वा देवी उतारिदिने धामीको भर पर्दा बलात्कृत भएको तर बाहिर नआएको घटना धेरै हुन सक्छन् । अहिले कथित धामी श्रेष्ठ र माता राईविरुद्ध उदयपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । माता उतार्ने नाममा बलात्कारीको अभियोग लागेका चूडामणि श्रेष्ठ र जुना राई उदयपुर त्रियुगा नगरपालिका– १० बोक्से मिलन टोलका बासिन्दा हुन् ।

यो सामग्री जन आस्थावाट साभार गरिएको हो।

तपाईको प्रतिक्रिया