३ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले महामारीद्वारा    जनजीवनमा परेको आर्थिक मन्दीलाई सम्बोधन गर्न यस वर्षको बजेटमा बेरोजगारीलाई ॠण उपलब्ध गराउने कुरा पनि समेटेको  थियो । जस अनुसार सरकारले यही अप्रिल २८ तारीख बुधबार देखि कर्जा  आवेदन खुला गरेकोछ। र  प्रथम तीन दिनमा करिब ७,००० आवेदन दर्ता भैसकेका छ्न।

शतप्रतिशत ग्यारेन्टी निजि कर्जा स्किम अन्तर्गत आएको यो कर्जा प्राप्त गर्न १८ वर्ष पुगेको हङकङ रेसिडेन्ट र कम्तीमा २ महिना बेरोजगार रहेको हुनु पर्दछ।

आफ्नो औसत मासिक तलबको ६ गुणा अर्थात अधिकतम  हङकङ डलर ८०,००० सम्म कर्जा लिन सकिनेछ ।

हङकङ सांघाइ बेङकिङ कर्पोरेसन (HSBC) , हेङ सेङ बेङ्क, बेङ्क अफ चाइना लगायतका दस वटा बैंक मार्फत कर्जा एप्लाइ गर्न सकिनेछ।

वार्षिक व्याज एक प्रतिशत लाग्ने यो ॠण ६ वर्षभित्र असुल गरिसक्नुपर्नेछ। र यदि ॠण लिने व्यक्तिले सम्पूर्ण ॠण चुक्ता गरिसकेमा उसले तिरेको व्याज फिर्ता दिइनेछ।

अर्थ मन्त्री पल च्यान मो- पोले आफ्नो ब्लगमा हिजो प्रस्तुत गरेको सूचना अनुसार यातायात , रिटेल र क्याटरिङ क्षेत्रका नागरिकहरुले लोनको लागि चाहिने आधाभुत योग्यता पास गरेका थिए।

श्रमिक संघहरुले भने सुरुबाट नै यो कर्जा वितरण योजनाको खण्डन गर्दै आइरहेका छ्न । बेरोजगार कर्जा होईन बेरोजगार अनुदान दिनु पर्ने कुरामा उनीहरुले जोड दिएका छ्न ।

सोसाइटी फर कम्युनिटी अर्गनाइजेसनले हिजो प्रकाशित गरेको सर्भेक्षणको नतिजामा लोनको लागि योग्य भएका ८० प्रतिशत भन्दा बढी नागरिकहरुले लोन एप्लाइ नगर्ने भएकाछ्न। लोन  लिएपछि तिर्न नसकिने भयले यस्तो निर्णयमा पुगेको कुरा  धेरै जसोले बताएछ्न।

तपाईको प्रतिक्रिया