हङकङ । नेपाल आदिवासी जनजाति महासंघ हङकङको आठौं महाअधिवेशन सम्पन्न भएको छ । महाअधिवेशनले महासंघको नयाँ कार्यसमिति चयन गरेको छ । जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा आयोजित महासंघको महाअधिवेशनबाट अध्यक्षमा किसन राई चयन भएका छन् ।

यस्तै महासंघको उपाध्यक्षमा कृष्णराज लावती, महासचिवमा टोपराज तामाङ र कोषाध्यक्षमा करुणा प्रधानलाई चयन गरिएको छ । बाँकी पदमा कार्यसमितीले नियुक्ती गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष किसन राईले जानकारी दिए ।

नेपाली महावाणिज्यदूत उदयबहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा गैरआवासीय नेपाली संघ हङकङकी अध्यक्ष टिका गुरुङ, महासंघका अध्यक्ष टंक राना, चेम्बर्स अफ कमर्शका अध्यक्ष दासुराम पराजुलीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया