पोलस्टर सोसल वेदर स्टेसनले सेप्टेम्बरमा गरेको सर्भेक्षण अनुसार फिलिपिन्समा ७० लाख भन्दा बढी परिवारले विगत तीन महिनाबाट भरपेट खान पाएका छैनन।

त्यसमध्ये करिब २२ लाख परिवार त भोकमरीको गम्भीर शिकार भएकाछ्न।

“यो स्तरको भोकमरी मैले कहिल्यै देखेको थिइन पहिला ” भन्छन् भोकमरी विरुद्ध लड्ने फिलिपिन्सको संस्थाका निर्देशक जोमर फ्लेरस। थप्छन् -” मानिसहरु कोभिडले भन्दा खान नपाएर मरिने डरले त्रसित छ्न। उनिहरुले कोभिडलाई वास्ता गर्न छोडिसकेका छ्न।”

“सुंगुरको जस्तो जिन्दगी भएकोछ” महामारीका कारण जागिर , घर सबै गुमाएर पार्कमा परिवार सहित रात काट्न बाध्य ४१ वर्षका औमिनिटो भन्छ्न।

तपाईको प्रतिक्रिया