९ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा ।

पाँच बाहिरबाट भित्रीएको र ९९ स्थानीय गरि जम्मा १०४ थान कोभिड केस हङकङमा आजको दिन थपिएकाछ्न। ६४ वटा स्थानीय केस पुर्ब केसबाट सरेर आएको र ३५ स्थानीय केसको संक्रमण स्रोत खुल्न सकेन। कुल संक्रमण केस संख्या हङकङमा ७,१८० पुगेकोछ।

आज संक्रमित मध्ये ४५ पुरुष ५९ महिला २ देखि ९४ वर्ष भित्रका परेकाछ्न।२२ केस कम्युनिटी टेस्ट सेन्टरबाट आएका छ्न। ६० भन्दा बढी केस आरम्भिक पोजेटिभ देखिका छ्न।

क्वाइ सिङ वेस्टबाट ४ केस आएका छन। यो हाउजिङ एस्टेटबाट संक्रमित संख्या २२ पुगेकोछ। ब्लक ८ का सबै बासिन्दा जो नोभेम्बर १८ तारीख २ घन्टा भन्दा त्यो एरियामा बसेका थिए ती सबै अनिवार्य कोभिड टेस्टमा जानू पर्ने आदेश सरकारले गरेकोछ।

सान पो कोङमा पर्ने पाक लोक नर्सिङ होममा एउटा केस देखिएकोछ। एसियावर्ल्ड- एक्स्पोको हल ५ को एक कर्मचारी पनि आज कोभिडग्रस्त भएकाछ्न ।एक्स्पोका जम्मा १३ कर्मचारीमा पोजिटिभ देखि सकिएकोछ।

हिजो प्रारम्भिक पोजिटिभ देखिएको सेन्टर फर हेल्थ प्रोटेक्सनका एक कर्मचारीको पोजेटिभ आज कन्फर्म भएकोछ।यहाँबाट पोजेटिभ हुने कर्मचारीको संख्या ४ पुगेको छ।

लोहास पार्क र फङ सु चुन डे सेन्टरबाट एकेक केस आएकोछ।

याटा सुपर मार्केटबाट एउटा केस थपिएकोछ। डान्स ग्रुप क्लस्टरबाट आज आएको १२ केस गरि जम्मा केस ६९० पुगेको छ ।

चुङ क्वान ओ लाम तीन टनलको कन्स्ट्रक्सन साइट्को ५ जना लाई प्रारम्भिक पोजेटिभ भएकोछ र सबै स्टिल फिक्सर परेकाछ्न।

डाइमण्ड हिलमा पर्ने चि लिन वृद्ध आश्रमको एक नर्सिङ स्टाफ लाई पनि पोजेटिभ भएकोछ।

एक ८५ वर्षकि महिला रोगीलाई आज एशिया वर्ल्ड एक्स्पोबाट क्युइन मेरि अस्पतालमा दिउसो २ बजे सरुवा गरिएको थियो जहाँ ३:२६ बजे उनको निधन भयो। हङकङमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११३ पुगेको छ।

तपाईको प्रतिक्रिया