९ मे २०२१ – (नयाँ दिल्ली)। भारतमा कोभिड -१९ बाट मृत्यु हुनेको संख्या लगातार दुई दिन सम्म दिनको ४ हजार भन्दा बढीको दरले बढेकोछ। फलस्वरूप देशव्यापी लकडाउनको  आह्वान गरिएकोछ।

भारतको  स्वास्थ्य मंत्रालयले  गत २४ घन्टामा ४,०९२ जनाको  मृत्यु सूचना सार्वजनिक गरेकोछ, भारतमा  कुल मृत्यु संख्या २४२,३६२ पुगेको छ ।  गत २४ घन्टामा ४०३,७३८ नयाँ केस दर्ता भएकाछ्न। महामारी शुरु भए यता भारतमा संक्रमित हुनेको संख्या  २ करोड २० लाख ३० हजार पुगेको छ ।

भारतमा आएको कोभिड -१९ को दोस्रो लहर  यति नर संहारक साबित भैरहेको छ कि प्रत्येक दिन अघिल्लो दिनको भन्दा बढी संक्रमित र मृत्यु संख्या बढी रहेछ। कतिपय  अस्पतालमा अक्सिजन र बेडको सख्त अभाव भैरहेको छ।  मुर्दाघर र शवदाहगृहमा  लासको थुप्रो लाग्ने क्रम जारी छ। विशेषज्ञका अनुसार मृतक र संक्रमितको संख्या देखाइएको भन्दा धेरै रहेकोछ।

भारतका केही राज्यले केही महीना अघिबाट नै  संक्रमणलाई रोक्न  लकडाउनलाई कडाइका साथ लागू गरेकोछ। र अन्य केही राज्यहरुले सार्वजनिक स्थानमा हिडडुल गर्न मनाही , रेस्टुरेन्ट, पब ,सपिङ मल  बंद गरेकोछ।

प्रधानमंत्री नरेंद्र मोदी माथि कोरोनाको पहिलो लहर आउँदा लगाइएको देश व्यापी लक डाउन झैं यस पटक पनि गर्नुपर्ने दबाब व्यापक ढंगले परिरहेछ।

  शनिवार यस्तो  दिन रह्यो जुन दिन  भारतमा एकैदिनमा  अहिलेसम्मको सबैभन्दा बढी मानीसको मृत्यु भएको थियो ।उक्त दिन  ४,१८७ मानिसको मृत्यु भएको थियो ।  इंस्टीट्यूट फर हेल्थ मेट्रिक्स एंड इवैल्यूएशनले गरेको अनुमान अनुसार  भारतमा अगस्त महिना सम्ममा  दस लाख (१ मिलियन) मानिसको मृत्यु हुनेछ।

तपाईको प्रतिक्रिया