पुर्वेली गित सिन्दुर साक्षी छ बोलको भिडियो को भब्य प्रीमियर सम्पन्न भएको छ यही मंसिर २३ गते ।
काठमाडौको कपनमा एक कार्यक्रम बिच भिडियोलाई लोकार्पण गरिएको हो।
वरिष्ठ गितकार तथा कवि भुपाल राई र कलाकार,मुन्धुमबिद याशेली योङ्हाङ द्वारा उक्त भिडियो बारे समीक्षा समेत गरिएको थियो ।

सामान्य तर अत्यन्तै मिहिन ढङ्गले सामाजिक बिषयबस्तु उठान गरि गहिरो ढङ्गले विभेद बर्णब्यस्था बारे आवाज दुर्लभ जन्तरे को निर्देशकिय पक्षबाट उठाईएको बताउदै गायक द्वय को सांगितिक सम्भावना बारे प्रष्ट्याउनु भएको थियो।
त्यसैगरी वरिष्ठ गितकार कवि भुपाल राई ले यो गित पहिलो पटक सुन्दा नै मन छोएको र गितको सार बारे सल्लाह,सुझाव दिनुभएको थियो।

शिबसंगम राईको शब्द,संगित रहेको उक्त गितमा राजेन्द्र केरुङ,बिजय फागो,उषा राई र उपाश्ना पोख्रेलले स्वर दिएका छन।
बिनेश राई को सङित संयोजन,रेकर्डिङ तथा मिक्सिङ शुन्दर लामाले गरेका छन ।

उक्त भिडियोमा अहिलेका चर्चित मोडल तथा डान्सर सुधिर श्रेष्ठ र बिमला खजुम को बेजोड अभिनय गरेका छन भने टेक नाछिरिङ , लक्ष्मण मिसन कार्की र बिरेन्द्र केरुङ ले सहायक भुमिकामा साथ दिएका छन।मिङ्मा शेर्पाको सिनेमाटोग्राफी ,पेम्बा शेर्पा,रमेश पुर्जा मगरले छाँयाकार को रुपमा सहयोग गरेका छन भने शंकर बराल को शृङ्गार रहेको छ।

काठमाडौंको साँखु,पालुबारी क्षेत्रमा छायाङकन गरिएको उक्त भिडियोमा कथाबस्तु र निर्देशन अहिलेका ब्यस्त निर्देशक दुर्लभ जन्तरे ले गरेका छन।

लाखौं नेपालीहरु अभाव,पिडा, बेरोजगारीका कारण बिदेशिनु पर्ने बाध्यतात्मक परिस्थिती बर्षौदेखी भोगिरहेका छौँ । सात समुन्द्रपार आफ्नो मायालु,घरपरिवार सँग छुट्टीएर बस्नुपर्दाको पिडालाई अत्यन्तै कलात्मक ढङ्गले भिडियोमा उतार्न खोजिएको छ। आम नेपाली हरुको वास्तविक जिवनकथा बोकेको गित करिब ७ बर्ष अघि नै सार्वजनिक भईसके पनि आर्थिक अभावकै कारण भिडियो बन्न नसकेको गायक राजेन्द्र केरुङ ले बताए।
अडियोको रुपमा रहेको गित लाखौं श्रोताहरुले अत्यधिक मन पराउनुभएको र भिडियोको माग आएकोले
ढिलै भए पनि बनाईएको निर्माण टिम ले जानकारी दिएका छन।

अडियो ले लाखौं दर्शक श्रोता हरुको अपार माया पाएकोले भिडियोलाई पनि उत्तिकै मन पराउनेमा भिडियो टिमको अपेक्षा रहेको छ।
FALELUNG TV को प्रस्तुती मा बनेको सिन्दुर साक्षी छ भिडियो सोही च्यानल बाट सार्वजनिक भएको छ।
सुबास थेगिम हाङ्सरुम्बा ले निर्माण मा सहयोग गरेका छन।
गितकार,लेखक तथा युवा नेता सागर केरुङ ले भिडियो निर्माण टिम लगायत लाई शुभकामना ब्यक्त गर्दै सुरु भएको कार्यक्रम करिब २ घण्टामा सम्पन्न भएको थियो।




पुर्बेली गित #शिन्दुर_साक्षी_छ

तपाईको प्रतिक्रिया