काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अहिले कुनै पनि सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकार गठनको प्रक्रिया आरम्भ गर्न आह्वान गरेपछि ठाकुरको यस्तो प्रतिक्रिया आएको हो ।

केन्द्रीय अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिमा जसपा सत्ताप्राप्तिभन्दा पनि एजेन्डाको सम्बोधनको विषयमा केन्द्रित भएको बताएका छन् । उनले जसपा नेपाल केपी शर्मा ओली नेतृत्वको सरकार र वैकल्पिक सरकार दुवैमा सहभागी नहुने बताएका छन् ।

हेर्नुहोस् उनले जारी गरेको प्रेस विज्ञप्ति

तपाईको प्रतिक्रिया