११ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

  २९ वर्षीय भारतीय व्यक्ति जसको नाम सेद मुहम्मद रिज्वी हो जो कोरोना भाइरसको रुपान्तरित स्वरूप अर्थात  उत्परिवर्तीत भाइरस (N501Y) द्वारा   संक्रमित थिए र उनको ३१  वर्षीय गाउडिज भिक्टोरिया मारी आल्किडे नामकी  फिलिपिनो नर्स  प्रेमिका इन्क्युबेसन अवधिको बेला भ्रमण गरेका स्थानहरु लुकाएको   संदेहमा पक्राउ परेका थिए मे ८ तारीखका दिन ।

प्रतिवादी द्वयको केसको  सुनवाइ   काउलून सिटी मजिस्ट्रेट न्यायालयमा मे १० तारीख भएको  थियो । उक्त दिन   मजिस्ट्रेटले निज पुरुषले दिएको जमानत संबंधी  आवेदन खारिज गरिदिएको थियो  र यो महीनाको ३१ तारीखसम्मको लागि सुनवाई स्थगित गरिएको थियो । ती  भारतीय मुलका  प्रतिवादीले  सुनवाईको बखत   फेस मास्क लाएर उपस्थित भएका थिए ।  फिलिपिनो प्रतिवादी  महिलाको हकमा भने  उनी ज्वरो आएका कारण  क्वीन एलिजाबेथ अस्पतालमा भर्ना भएकि थिइन जसका कारण उक्त दिन  ऊनी   अदालतमा उपस्थित हुन असमर्थ रहिन। उनको मुद्दा यही  शुक्रवार अगाडि बढाइने संभावना रहेको छ।

अभियोग लाउने  पक्षले अदालतलाई  खुलाएको बयानमा   उक्त प्रतिवादी पुरुषले  अध्यागमन अधिकारी समक्ष  महीनाको शुरुआत तिर आफू लांताऊ द्वीपको  टोंग फुक, तुंग चुंग स्थित  सिटीगेट आउटलेट्स, नोवोटेल सिटीगेट होटल र लांताऊ द्वीपमा रहेको डिस्कोभरी बेमा गएको कुरा मात्र भनेका थिए । यस  केसमा संलग्न  उक्त भारतीय व्यक्तिमाथि   “रोग निवारण तथा  नियंत्रण ऐन” को उल्लंघन गरेको आरोप लागेको छ। स्रोतका अनुसार  उनलेे  जानीजानी   आधिकारिक व्यक्तिलाई गलत जानकारी प्रदान गरेका थिए ।  गत अप्रिल महीनाको १० देखि ११ तारीखको अवधिमा उनी चिम सा चुइ र जोर्डन गएको र कुनै भेलामा सामेल नभएको भन्ने झुठो सूचना दिएका थिए ।

फिलिपिनो महिलामाथी भने अप्रिल १७ तारीखका दिन रोग निवारण तथा  नियंत्रण ऐन  उल्लंघन गरेको आरोप लागेको थियो जुन दिन उनले संबंधित  अधिकृतलाई आफू विज्ञ भएको विषयमा  जानकारी प्रदान गर्न  विफल भएको जुन जानकारी संभावित संक्रमित जन पत्ता लगाउन सहयोगी सिद्ध हुन सक्दथ्यो ।

अनुसन्धानले पत्ता लगाए अनुसार ती भारतीय इन्जिनियरको गलफ्रेन्डको भाइ चाहिँ अर्कि फिलिपिनो डोमेस्टिक हेल्पर ( केस नं ११७७३)को  साथी हुन र ती दुबैको चिनजान पछिल्लो समयमा संक्रमित भएका थप दुई जना डोमेस्टिक हेल्पर १. ब्लक N2, कोर्नहिल गार्डेन, क्वारी बे ( केस नं ११७९३,वर्ष ४६) २. रोयल्टन पोक फु लाम ( केस नं ११७९७, वर्ष ३८) संग रहेको पाइएकोछ।

यसका अलावा, अधिकारिहरुले यो पनि   पता लगाएका छ्न कि ती भारतीय व्यक्ति (केस: ११६४३) र  उसको प्रेमिका (केस नंबर ११६७२) ले इन्क्युबेसन  अवधिको बेला  चाई वान स्थित  हिंग वाह (II) एस्टेटमा बस्ने  आफ्नी प्रेमिकाको  आमालाई भेट्न गएका थिए र यसैबेला उनको प्रेमिकाको  भाईले अरु मानिसलाई पनि उक्त भोजमा आमंत्रित गरेका थिए । मे ३ तारीखका दिन  हिंग वाह (II) एस्टेट स्थित  फंग हिंग हाउसको सीवेज (ढल) को नमूनामा कोभिड -१९ भाइरस भेटिएको थियो । र सोही दिन उक्त भवनलाई  अनिवार्य परीक्षणमा जानुपर्ने भवनको  सूचीमा सामेल गरिएको थियो ।

सीएचपी( सेन्टर फर हेल्थ प्रोटेक्सन)  महामारी विज्ञको टोलीले  पत्ता लगाए अनुसार  केस नंबर ११६४३   र ११६७२  अप्रिल १३ तारीखका दिन केस नंबर ११६७२को आमा र नातेदारका साथमा  चाइ वान स्थित  फिंग हिंग हाउस (द्वितीय) एस्टेटमा भएको एक पारिवारिक भेलामा सामेल भएका थिए । त्यसको लगत्तै  माथी उल्लेख गरिएको पारिवारिक भेलामा भाग लिएका तीन जनाले अप्रिल १८ तारीखको दिन  शाम शुई पो स्थित  ३७  फुक विंग स्ट्रीटमा पर्ने केस नंबर ११६७२ को भाईको घरमा अर्को पारिवारिक भेला गराएका थिए ।

तपाईको प्रतिक्रिया