१२ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा आज दुई वटा मात्रै  कोभिड- १९ केस भेटिएको छ। जस अन्तर्गत एक स्थानीय र एक आयातित परेका छ्न। आजको केस समेत गरेर हङकङको कुल कोरोना संक्रमित केस संख्या ११,८१५ पुगेको छ।

आजको स्थानीय केस पुर्व केसबाट  सरेर आएको हो। आयातित केस लक्षणहिन रहेको र फिलिपिन्सबाट आएकी  ४४ वर्षीया महिला हुन।

पुर्व केसबाट कोरोना संक्रमित भएका स्थानीय केसवाला
व्यक्ति ४२ वर्षीय पुरुष (केस नंबर ११८१५) हुन । र यीनलाइ कोरोना भाइरस उनको बहिनी  (३१ वर्षकी नर्स जो कोरोना भाइरसको नयाँ स्वरुपबाट संक्रमित थिइन् ) बाट सरेको थियो ।

सीएचपी( सेन्टर फर हेल्थ प्रोटेक्सन)  महामारी विज्ञको टोलीले  जनाए अनुसार भारतीय इन्जिनियर  केस नंबर ११६४३   र  उनको गर्लफ्रेन्ड केस नम्बर ११६७२  अप्रिल १३ तारीखका दिन केस नंबर ११६७२को आमा र नातेदारका साथमा  चाइ वान स्थित  फिंग हिंग हाउस (द्वितीय) एस्टेटमा भएको एक पारिवारिक भेलामा सामेल भएका थिए । त्यसको लगत्तै  माथी उल्लेख गरिएको पारिवारिक भेलामा भाग लिएका तीन जनाले अप्रिल १८ तारीखको दिन  शाम शुई पो स्थित  ३७  फुक विंग स्ट्रीटमा पर्ने केस नंबर ११६७२ को भाईको घरमा अर्को पारिवारिक भेला ( बर्थ डे पार्टी ) गराएका थिए जहाँबाट क्रस इन्फेक्सन हुदा आजको व्यक्ति पनि संक्रमित भएका हुन।

तपाईको प्रतिक्रिया