१३ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले हङकङमा कार्यरत सम्पूर्ण घरेलुु कामदारले आफ्नो कन्ट्रयाक  भिसा साइन वा भिसा नविकरण गर्न पुर्व अनिवार्य कोरोना भाइरसको सुइ लगाउनु पर्ने योजना सार्वजनिक गरेको थियो केहि समय अघि ।

एक जना फिलिपिनो डोमेस्टिक हेल्पर कोरोना भाइरसको म्युटेन्ट स्ट्रेनबाट संक्रमित भएपछि सरकारले यो कदम चालेको थियो ।  सरकारको यो कदम बिभेदकारी रहेको भनेर चौतर्फबाट आलोचना भयो ।  र अन्ततः यो योजनालाई सरकारले फिर्ता लिएको छ । तर अब अर्को सामुहिक अनिवार्य कोरोना परिक्षणमा जानु पर्ने कुरालाई हङकङकि कार्यकारी प्रमुख क्यारी लामले अघि सारेकी छिन।

मार्च ११ तारीख मंगलबारको नियमित प्रेस ब्रीफिङमा प्रमुखले फिलिपिन्स र इन्डोनेसिया कन्सुलेटका अधिकारीहरु संग कुराकानी भएपछि यो शर्त लागू नगर्ने निर्णयमा पुगिएको हो भनिन।

” यदि हामीले अनिवार्य खोप प्रक्रियालाई कार्यान्वयन गर्यौं भने कानुनी लगायतका अनेकौं समस्याको सामना गर्नुपर्ने स्थिति आउनेछ।” लामले भनिन।

जेहोस , शहरमा कार्यरत करिब ३७०,००० घरेलुु कामदारले  यहि मे ३० तारीखभित्र अर्को चरणको अनिवार्य कोरोना परिक्षणमा जानुपर्ने प्रावधान सरकारले अगाडि सारेकोछ। मे १५ तारिख अधिकारीहरुले पूर्णत भ्याक्सिन नलगाएकाहरुको लागि कसरी कोरोना परिक्षण गर्ने भन्नेबारेमा निर्देशिका सार्वजनिक गर्ने भनिएको छ।

अस्ति पहिलो चोटि सम्पन्न अनिवार्य कोरोना परिक्षणको समयसीमा ज्यादै कम भएका कारण सरकारले आलोचना खेप्नुपरेको थियोे । डोमेस्टिक हेल्परहरुले पनि नाटकीय ढंगले लामो लाईनमा धेरै समय उभिनु परेको थियो ।यिनै कुरालाई ध्यानमा राखेर यस पटक टेस्टको लागि दुई हप्ताको समय छुट्याइने कुरा क्यारी लामले प्रष्ट पारिन।

मे १० तारीखका दिन हङकङका श्रम तथा जनकल्याण मन्त्री लो चि- क्वङले फिलिपिन्स र इन्डोनेसियाका कन्सुलेट जनरलसंग छुट्टाछुट्टै भेटघाट गरेका थिए । नयाँ म्युटेन्ट भाइरसको इन्क्युबेसन अवधि २७ दिनको हुने भएकोले यो दोस्रो चरणको अनिवार्य टेस्ट गर्न खोजिएको कुरा मन्त्रीले बताएका छ्न।

स्मरण रहोस , मे ९ तारीख सम्मको अल्टिमेटम भित्र  केवल  ३४०,००० भन्दा अधिक घरेलु कामदारले अनिवार्य टेस्ट गर्न भ्याएका थिए भने करिब ४०,००० हेल्परहरुले कोभिड भ्याक्सिनको दोस्रो डोज ग्रहण गरिसकेका छ्न।

उक्त प्रेस ब्रीफिङ मार्फत क्यारी लामले हङकङका इम्प्लोयरलाइ आफ्नो घरेलु कामदारलाई विकडेमा टेस्टमा जाने प्रबन्ध मिलाइदिन आग्रह गरिन जसले गर्दा उनीहरुको छुट्टीको दिन लामो लाइनमा उभिनु नपरोस।

तपाईको प्रतिक्रिया