१० डिसेम्बर २०२०। हङकङ । क्रान्ति सुब्बा

१० केस आयातित र स्थानीय संक्रमित संख्या १०२ गरि जम्मा ११२ कोरोना रोगी हङकङमा आज थपिएकाछ्न। स्थानीय केसका ६८ जनामा पहिला संक्रमित रोगीबाट भाइरस सरेको हो। ३२ जना स्थानीय रोगीलाइ कताबाट कोरोना सरयो पत्ता लागेको छैन। हङकङमा संक्रमित संख्या ७,२९२ पुगेकोछ। संक्रमित हुनेमा ५ देखि ९२ वर्षभित्रका परेका छ्न जसमा ४२ जना पुरुष र ६६ जना नारी परेकाछ्न।१३ केस कम्युनिटी टेस्टिङ सेन्टरबाट आएका छ्न।

.याटा सुपर मार्केट सातिनबाट ५ केस आएकोछ।यो ठाउँबाट पोजिटिभ हुने संख्या १० पुग्यो।

.लोहास पार्क कन्स्ट्रक्सन साइटबाट ५ केस आज थपिएकोछ।लोहास पार्कको जम्मा केस ६० पुग्यो।

.डान्स ग्रुपबाट आज ६ जना थपिए ।

.एसिया वर्ल्ड एक्स्पो कम्युनिटी फेसिलिटीबाट ३ जना थपिएकाछ्न।यहाँको टोटल केस १६ पुगेकोछ।

.चुङ क्वान ओ लाम तीन टनलबाट आज सात र हिजोको एक गरेर जम्मा ८ पुगेको छ।

.चे वान शानमा पर्ने ताक ओइ सेकन्डरी स्कुलका एक विद्यार्थीमा पोजिटिभ देखिएकोछ। फेस टु फेस क्लास निलम्बन हुने भएकोछ भने विद्यार्थी र शिक्षकहरु अनिवार्य परिक्षणमा जानू पर्ने भएको छ।

आज ५० जना प्रारम्भिक पोजिटिभ केस दर्ता भएका छ्न।

हङकङ जनस्वास्थ्य बिभागका अनुसार ७७ प्रतिशत संक्रमण अनभिज्ञ स्रोतबाट भएकोछ गत हप्ताबाट ।

यदि चार वा सो भन्दा बढी एक आपस प्रति अपरिचित मानिस एउटै बिल्ड्डिङबाट संक्रमित भए भने त्यो ब्लक निवासी सबै अनिवार्य कोभिड टेस्टमा जानू पर्ने उर्दी सरकारले लगाएकोछ।

रिचल्याण्ड गार्डेन्स र काम फङ कोर्ट निवासी अनिवार्य कोरोना परिक्षणमा जाने भएकाछ्न।

काउलुन बे मा पर्ने रिचार्ड गार्डेन्स एस्टेटको एउटा हाउजिङ ब्लक लाई त “महामारी केन्द्र ” भनेर सरकारि अधिकारीले घोषणा गर्दिसकेकोछ। कम्तीमा ब्लक ६ मा पर्ने चार वटा फ्लाटका सात जनालाई संक्रमण भएकोछ। यो बिल्ड्डिङमा करिब ९०० जना मानिस बस्छ्न।

तपाईको प्रतिक्रिया