१५ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

आज हङकङमा तीन वटा कोरोना संक्रमित केस देखा परेको छ। जसमा २ जना आयातीत परेका छ्न भने १ जना अज्ञात स्रोतबाट आएको स्थानीय केस रहेकोछ। हङकङमा कोरोना संक्रमित कुल संख्या ११,८२२ पुगेको छ। आज संक्रमित रोगीहरु ४ देखि ३५ वर्ष भित्रका १ जना वालक र २ जना महिला परेकाछ्न।

आजको आयातितमा दुबै जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर परेका छ्न। आज देखापरेका अज्ञात स्रोतबाट संक्रमित  केसमा  हो मान तीन स्थित अलुमनाइ एसोसिएसन किन्डरगार्टन कक्षा K1B  पढ्ने ४ वर्षीय वालक परेकाछ्न। मे १२ तारीख बुधबार उनी अन्तिम पटक पाठशाला गएका थिए र तेहि दिन बेलुकीबाट  उनमा ज्वरो आउने र घाँटी दुख्ने लक्षण देखा परेको थियोे ।

ती वालकका करिब २० जना सहपाठी र पाठशालाका शिक्षकहरु १४ दिनको लागि होटेल क्वारेन्टाइन जानू पर्ने भएकोछ। क्वारेन्टाइनको अबधिमा प्रत्येक विद्यार्थीको साथमा उनीहरुको केयरटेकर रहनेछन ।

स्वास्थ्य अधिकारीले जनाए अनुसार ती वालकले हो मा तिनको यी किङ बिल्डिङ र सेक किप मेइ स्थित पाक तीन स्टेटको ब्लक १३ मा पनि केही समय विताएका थिए ।

तपाईको प्रतिक्रिया