१६ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

आज हङकङमा ४ वटा कोरोना संक्रमित केस देखा परेको छ। जसमा ३ जना आयातीत परेका छ्न भने १ जना पुर्व केसबाट सरेर आएको स्थानीय केस रहेकोछ। हङकङमा कोरोना संक्रमित कुल संख्या ११,८२५ पुगेको छ।

आजको आयातितमा एक  जना इन्डोनेसियाबाट आएकी ४० वर्षकी महिला ,भारतबाट आएकी एक २९ वर्षकी महिला र रशियाबाट आएका  एक ५५ वर्षका  पुरुष  परेका छ्न।

आज देखापरेको पुर्व केससंग संबंधित  संक्रमित  केसमा म्युटेन्ट भाइरसद्वारा संक्रमित भारतीय इन्जिनियरका गर्लफ्रेन्ड जो पेशाले नर्स हुन र उनी पनि म्युटेड भेरिएन्ट स्ट्रेनबाट संक्रमित हुन , ती नर्सका दाजुको चार महिनाको छोरा परेकाछ्न। 

आज संक्रमित कसैमा पनि कोभिड लक्षण देखा परेको थिएन ।

तपाईको प्रतिक्रिया