१७ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

मे १६ तारीखका दिन हङकङमा कोभिड विरुद्ध खोप जारी भएको ८० दिन पुग्यो। यो दिन सम्ममा आइपुग्दा कुल जनसंख्याको १८% प्रतिशतले खोप ग्रहण गरिसकेका छ्न। भारत र नेपालमा भ्याक्सिनको सख्त माग बढीरहेकोे परिप्रेक्ष्यमा हङकङका जनता भने भ्याक्सिन लाउन हिचकिचाइ रहेको देखिन्छ ।” पर्ख र हेर ” को मनोवृत्तिमा अधिकांश हङकङवासी रहिआएको स्थिति छ अहिले पनि ।
कतिपय हङकङेलीहरु  त दोस्रो  पुस्ता अर्थात जेनेरेसनको भ्याक्सिन उपलब्ध भएपछि मात्रै ग्रहण गर्ने भनेर बसेकाछ्न।

सोसाइटी अफ हस्पिटल फार्मेसीस्ट अफ हङकङका अध्यक्ष तथा  रजिस्टर्ड फार्मेसिस्ट विलियम चुइले दोस्रो पुस्ताको भ्याक्सिन भनेको कोरोनाभाइरसको नयाँ नश्ललाइ रोक्न बनाइएको बुस्टर सट हो भनेका छ्न । उनले चेतावनीको भाषामा अगाडि भने – यदि जनसमुदायले पहिलो पुस्ताको भ्याक्सिन नलिएको खण्डमा दोस्रो पुस्ताको भ्याक्सिनको प्रभावकारिता पुरै घट्नेछ। भ्याक्सिन भनेको मोबाइल फोन किने जस्तो होइन । कोही  पनि झन नयाँ मोडेलको मोबाइल आउला भनेर अहिले हातमा भएको मोबाइल नचलाइ बस्न सक्दैन ।

कतिपय विज्ञले त हङकङका ७०% प्रतिशत जनताले यही वर्षको जुलाईभित्र भ्याक्सिन लिनुपर्ने जिकिर गरेका छ्न। त्यसो त हङकङ सरकारले भ्याक्सिन लाउनेलाइ जन स्वास्थ्य मापदण्ड पालना गर्ने हकमा भ्याक्सिन बबल भन्ने प्याकेज ल्याएर केहि छुट दिएको थियो । सुइ लाउनेले रेस्टुरेन्ट , बार , नाइट क्लबमा बिहान २ बजे सम्म बस्न पाउने, ठुलो स्केलको पार्टी पनि  गर्न पाउने छुट दिएको थियो । तर यो प्याकेज निस्प्रभावी रहयो। मानिसहरु सुइ लाउन उत्साहित भएनन।

यता चुइ भने समाजको उदासीनताप्रति चिन्तित हुँदै भन्छ्न – जब हाम्रो समाजमा भाइरसको भेरियन्ट देखा पर्छ , स्थिति स्वत खतरापूर्ण भएर जादछ। वास्तवमा दोस्रो पुस्ताको खोप भनेको नै भाइरसको भेरिएन्टलाइ डिल गर्न बनाइएको हो। यदि जोकोही मानिसले दोस्रो पुस्ताको भ्याक्सिन मात्र लाउछ्न । पहिलो पुस्ताको दुई डोज भ्याक्सिन शुरुआत मै नलगाएको अवस्थामा उनिहरुको रोग प्रतिरोधात्मक शक्ति स्तर न्यून हुने गर्दछ। र भ्याक्सिनले दिने एन्टिबडीले पनि ३ देखि ४ महिना मात्र सुरक्षा दिन्छ।

हङकङमा २६ तारीख फेब्रुअरी २०२१ सालबाट खोप वितरण सुरु भएको हो। अहिलेसम्ममा करिब १,९५५,१०० डोज भ्याक्सिन वितरण भैसकेको छ। करिब १,१६७,९०० जनाले भ्याक्सिनको पहिलो डोज लिएका छ्न । साइनोभ्याक भ्याक्सिनको पहिलो डोज लिनेको संख्या करिब  ५०५,४०० र वायोएन्टेक भ्याक्सिनको पहिलो डोज लिनेको संख्या करिब ६६२,५०० रहेको छ।

करिब ७८७,२०० जनाले भ्याक्सिनको दोस्रो डोज ग्रहण गरिसकेका छ्न। साइनोभ्याक भ्याक्सिनको दोस्रो डोज लिनेको संख्या करिब ३६७,८०० रहेको छ भने वायोएन्टेक भ्याक्सिनको दोस्रो डोज लिनेको संख्या करिब ४१९,४०० रहेकोछ।

तपाईको प्रतिक्रिया