११ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा

आज हङकङमा देखापरेका ८६ नयाँ केस मध्येमा ५ वटा आयातीत र ८१ वटा स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्येमा ४४ वटा पुरानो केससंग संबंधित छ्न भने ३७ वटा केस को स्रोत खुल्न सकेको छैन । हङकङमा कोरोना संक्रमितको कुल संख्या ७,३७८ पुगेकोछ।आजको ८६ संक्रमितमा २ देखि ८९ वर्षभित्रका ३८ पुरुष र ४८ महिला परेकाछ्न।

पुर्व केससंग संबंधित आजको ४४ केस मध्ये २ वटा केस डान्स ग्रुप क्लस्टर र २ वटा केस एसियावर्ल्ड एक्स्पो कम्युनिटी फेसिलिटीबाट आएका हुन। २ वटा केस लोहास पार्क कन्स्ट्रक्सन साइटबाट आएका हुन। ५ वटा नयाँ केस याटा सुपर मार्केट क्लस्टर सातिन संग संबंधित छ्न ( जम्मा केस: १७ पुग्यो यहाँबाट )। एउटा नयाँ केसको सम्बन्ध चुङ क्वान ओ लाम तीन टनल कन्स्ट्रक्सनसंग संबंधित छ। यहाँबाट आएको जम्मा केस ९ पुगेको हुन्छ।

काउलुन बे स्थित रिचल्याण्ड गार्डेन्सको संक्रमित भएका स्थान जस्तै बाल्कोनि,ढल, शौचालय आदिबाट २२ वटा नमुना संकलन गरिएकोछ।

वङ ताइ सिन, ताइ पो , साउ माउ पिङ इलाकामा पर्ने हाउजिङ एस्टेटबाट पनि नयाँ संक्रमितहरु आएकाछन।

तपाईको प्रतिक्रिया