१३ डिसेम्बर २०२० ।हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा आज देखापरेका ९५ केस ३ आयातित र ९२ स्थानीय परेकाछ्न। स्थानीय केस मध्येमा ५१ केस पहिला संक्रमित केसबाट सरेका हुन भने ४१ केसलाई कताबाट कोरोनाले भेट्यो पुष्टि हुन सकेन। हङकङमा कोरोना संक्रमितको जम्मा संख्या ७,५४२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११७ पुगेको छ। आज संक्रमितहरु १६ देखी 97 वर्ष बीचका ४४ पुरुष र ५१ महिला छ्न। प्राथमिक चरणमा पोजिटिभ देखिएका ७० भन्दा बढी केसहरु पुर्ण पुष्टिको लागि कुरेर बसेका छ्न।

आजका ७ केस डान्स ग्रुपबाट र एउटा केस क्वाइ सिङ वेस्टको ब्लक ८ को ५ तलाबाट आएकोछ। काउलुन बे स्थित रिचल्याण्ड गार्डन्सको ब्लक ६,युनिट डिबाट तिन वटा केस आएका छ्न। यो युनिटबाट आएको रोगीको संख्या ६ पुगेकोछ।

चुङ क्वान ओ लाम तीन टनलबाट आज थपिएको एक केस जोड्दा यहाँको केस संख्या ११ पुग्यो ।

चोइ वान एस्टेट्को मिङ लाई हाउसबाट आज चार केस थपिएको छ।

ङा सिन वाइ स्थित १८३ तुङ ताउ चुन रोडमा पर्ने क्वाइ तुङ हाउसबाट सात जना संक्रमित भएकाछ्न।

एक ४२ वर्षकि महिला ( केस नं६९७१) को हिजो १२ डिसेम्बर का दिन बेलुकी १०:३८ बजे क्विन एलिजाबेथ अस्पतालमा निधन भयो। हिजो नै केस नं ७४६२ कि ९७ वर्षकि महिलाको पनि क्विन मेरि अस्पतालमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया