२५ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारको भ्याक्सिन तास्क फोर्सका एक सदस्यले हङकङका नागरिकलाई यथाशीघ्र भ्याक्सिन ग्रहण गर्न आग्रह गरेका छ्न ।  उपलब्ध बायोएन्टेक भ्याक्सिनको स्टक समाप्त भएपछि दोस्रो जेनेरेसनको छुट्टै भ्याक्सिन मात्र बनिने भएकोले यो खोप भविष्यमा उपलब्ध नहुने भएकोछ।

स्वास्थ रक्षण केन्द्रका पुर्व नियन्त्रक थोमस चाङले भने हङकङ एकदम लक्की हो , किनकि प्रत्येक नागरिकलाई पुग्ने खोप हामीकहाँ छ तर विडम्बना केवल २० प्रतिशतले मात्र हाल सम्म खोप लगाएकाछ्न। र हाल प्रयोगमा ल्याइएको खोप असुरक्षित छ भन्ने कुरा सरासर झुठ भएको कुरा समेत उनले गरे।

हङकङको आर्टिएचके रेडियोमा आज बोल्ने क्रममा   उनले पर्ख र हेरको निति त्याग्न अनुरोध गरे। प्रतीक्षा गर्दागर्दै तपाईंले मन पराएको भ्याक्सिन सकियो भने राम्रो हुन्न उनले थपे।

“सबै भ्याक्सिनको म्याद समाप्ति मिति  हुन्छ। म्याद सकिएको भ्याक्सिन प्रयोग गरिन्दैन । र हालको योजना अनुसार बायोएन्टेकको खोप सेन्टर सेप्टेम्बर पश्चात् बन्द हुने कुरा छ हङकङमा । त्यसैले यदि बायोएन्टेक भ्याक्सिन ग्रहण गर्ने हो भने अब तीन महिना मात्र बाकी छ। त्यसपछिको स्थितिबारे यसै भन्न सकिन्न ।”

जनसेवा मन्त्री पेट्रीक निपले पनि आगामी तीन महिनाको खोप वृद्धि दरले चीनसंगको सिमाना खुला गर्ने तथा देश बिदेश यात्रालाई कतिको खुकुलो पार्ने भन्ने कुरालाई निर्धारण गर्दछ भनेका छ्न। खोप दर न्यून नै रहे खुल्ला बोर्डरका कुरा तथा आवश्यक स्वास्थ मापदण्ड नरम गर्न घातक हुने कुरा पनि उनले गरे।

सेप्टेम्बरपछि बायोएन्टेकको एकाध खोप केन्द्रहरु मात्र संचालन हुने कुरा निपले खुलाए। सुइ लाउन मान्छे नै नआउने खोप केन्द्र संचालन गर्नु स्रोत र साधन खेर फाल्नु हो उनले थप स्पष्ट पारे।

तास्क फोर्सका सदस्य थोमस चाङले  ७० प्रतिशत भन्दा बढी  जनताले भ्याक्सिन लगाइसकेपछी मास्क लाउने नियम हटाउदा  हुन्छ समेत भनेका छ्न।
” मलाई लाग्छ ! जिन्दगीभर मास्क लाएर कोहि पनि  जिउन चाहदैन ।”  भ्याक्सिनको ग्रहण दर वृद्धिले नै हो मास्कलाइ हटाउने भन्दै उनले थपे।

हङकङले खरिद गरेको बायोएन्टेक भ्याक्सिन ७५ लाख डोज भ्याक्सिनमा ३,२६३,०००(बत्तीस लाख तिर्सट्ठी हजार ) डोज हङकङमा डेलिभरी भैसकेको छ जस मध्येमा १,२३१,६००( बाह्र लाख एकतीस हजार छ सय ) डोज मात्र खपत भएको छ र एक्स्पायर हुनु पुर्व खपत नभएको खण्डमा लाखौं डोज भ्याक्सिन फ्याक्नु पर्ने हुन्छ।

आज संसारमा भ्याक्सिन अभावमा मानीस मरिरहेको अवस्था छ। हङकङमा भने एक्स्पायरी डेट सिद्विएर भ्याक्सिन खेर जाने अवस्था छ। भएको भ्याक्सिन खेर गएपछि अर्को चरणको भ्याक्सिन अर्डर गर्नुको औचित्य पनि छैन। तेहि भएर थोमस चाङले भ्याक्सिन लाउने कुरामा जोड दिएका छ्न।

त्यसो त केहि हप्ता अगाडि हङकङका केहि राजनीतिकर्मीहरुले खोप लगाउने कुरामा जनताको थप उदासीनता रहेमा बाकी रहेको भ्याक्सिन अरु देशलाई दिने सुझाव दिएका थिए ।

बेजिङ र स्थानीय सरकारले  प्रजातन्त्र पक्षधर द्वारा २०१९ सालमा भएको  बिशाल र ध्वंसात्मक प्रदर्शनीमा सरिक हुने नेताहरुलाइ  राष्ट्रिय सुरक्षा ऐन लागु गरि एक एक गरि समात्दै जेल चलान गर्न थाले पछि हङकङ सरकारप्रति जनताको शाख खस्केको विदित नै छ। हङकङ समाजको यो बिभाजनको असर भ्याक्सिन परियोजनामा पनि परेको टिप्पणी पनि गरिएकोछ।

हङकङले मुल भुभाग चीनले उत्पादन गरेको साइनोभ्याक भ्याक्सिनको ७५ लाख डोज र जर्मनी कम्पनी  बायोएन्टेकको ७५ लाख डोज भ्याक्सिन खरिद गरेको छ। अस्ट्राजेनिका कम्पनीको भ्याक्सिन हङकङले क्यान्सल गरिसकेको छ। अब उप्रान्त अर्थात् अर्को वर्ष सेकेन्ड जेनेरेसन भ्याक्सिन अर्डर गर्ने योजना रहेको कुरा अधिकारीहरुले बताए ।

मे २४ तारीख सोमबारसम्मको आकडा अनुसार करिब २२ लाख भ्याक्सिन खपत भैसकेको छ भने करिब ९ लाख जनाले भ्याक्सिनको दुबै डोज लगाइसकेका छ्न। १२ लाख भन्दा बढी बायोएन्टेक भ्याक्सिनको डोज खपत भैसकेको छ।

प्रतिशतमा भन्नू पर्दा केवल १९ प्रतिशतले पहिलो डोज लिएका छ्न भने केवल १४ प्रतिशतले दुबै डोज भ्याक्सिन लिएका छ्न।

हङकङ सरकारले खोप दर वृद्धि गर्न सकिने सबै विकल्प अपनाउन थालेको छ। चीन र हङकङ दोहोरो आवतजावत गर्ने पर्मिट पाएका चीनका करिब ४० हजार नन रेसिडेन्ट भिजिटरले भ्याक्सिन  लाउन पाउने भएका छ्न। हङकङमा रहेका करिब १३,००० शरणार्थीहरुले पनि भ्याक्सिन लाउन पाउने भएका छ्न। उनीहरुको बुकिङ यहि शुक्रबारबाट खुल्ने भएकोछ।

अगस्ट ११ तारीखबाट  बायोएन्टेक भ्याक्सिन एक्स्पायर हुन थाल्ने भएकोले उब्रेको भ्याक्सिन अरु देशलाई  दान दिने कुराको पनि  सरकारले व्यवस्थापन गर्ने भएको छ। उत्पादन भएको ६ महिना भित्र यो भ्याक्सिन प्रयोग भैसक्नु पर्ने भएकोले यस्तो चटारो भएको हो। चीन उत्पादित सिनो वा साइनोभ्याक खोप भने उत्पादन गरिएको दिन देखि १२ महिना राख्न सकिन्छ।

सोसाइटी अफ हस्पिटल फार्मेसीस्टका अध्यक्ष विलियम चुइको भनाइ अनुसार बाकी रहेको भ्याक्सिन अनुदान दिनु भन्दा खरिद मुल्यमा बिक्रि गर्दा उचित हुन्छ। किनकि जनताको करबाट किनेको खोप हो त्यो। र प्रत्येक खोपको ओरिजिनल मुल्य सरदर हङकङ डलर ४५० पर्न आउदछ।

तपाईको प्रतिक्रिया