मे २६ २०२१ हङकङ । क्रान्ति सुब्बा ।

क्वुन चुङ स्पोर्ट्स सेन्टर  भ्याक्सिनेसन सेन्टर जोर्डनमा नर्सको रूपमा कार्यरत ६१ वर्षकी क्वाइ चोङ निवासी पार्ट टाइम नर्स महिलामा कोरोना भाइरस प्रारम्भिक पोजिटिभ मे २४ तारिख पुष्ठि भएको थियो ।

हङकङ स्वास्थ रक्षण केन्द्र सरुवा रोग शाखाकि प्रमुख डाक्टर च्वाङ शुक क्वानले ती नर्सको जिनोम अनुक्रमको नमुनामा बेजिङ निर्मित साइनोभ्याक भ्याक्सिनमा प्रयोग गरिएको कोरोना भाइरसको स्ट्रेन D614D उनको उपरी स्वासनलीमा भेटिएको कुरा जानकारी दिएकी धिइन।

संक्रमण क्षमता नभएको र  सक्रिय नतुल्याइएको यो कोभिड -१९ कोरोना भाइरस सास फेर्ने क्रममा उनले निलेको हुन सक्ने कुरा स्वास्थ अधिकारीले जनाएका थिए ।

क्वानको भनाइ अनुसार यो भाइरस समुदायमा अहिलेसम्म फैलिएको छैन। समुदायमा फैलिएको भेरिएन्ट भाइरस यो होइन ।

खोप केन्द्र वरिपरिको वातावरण प्रदुषणलाई नियन्त्रण गर्न कठिन हुने साथै नर्सले खोप लिने मानिसको पाखुरामा सुइ घोपेर निकाल्ने क्रममा भ्याक्सिनभित्र भएको भाइरस उम्केर हावामा गएको हुन सक्छ  क्वानले भनिन। चीनका केहि खोप केन्द्रमा पनि यस्तो समस्या देखिएको थियो । त्यहाँको पर्यावरण नमुना  जस्तै टेबुल , हेन्डल आदिमा पोजेटिभ पुष्टि भएको थियो ।

भ्याक्सिनभित्रको भाइरस निष्क्रिय अवस्थामा भएकाले यो असंक्रामक हुने उनले बताइन।

धेरै क्रियाकलापमा उनको सहभागिता रहेकाले उनको संसर्ग थुप्रै मानिसहरुसंग भएको थियो र उनले आफना सहकर्मी संग बसेर खाना खाने काम पनि  गरेकी थिइन। डाक्टर च्वाङले उनको क्लोज कन्ट्याक्टमा रहेकाहरु सबै अहिले क्वारेन्टाइनमा रहेको बताइन।

यदि उनको केस भ्याक्सिनसंग रहेको प्रमाणित भएमा यसले समुदायमा कुनै खतरा ल्याउदैन च्वाङले स्पष्ट पारिन।

तपाईको प्रतिक्रिया