काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९ सय ८६ गर्दा ३ हजार ७ सय २ तथा तथा एन्टिजेन विधिबाट १ हजार ७ सय ८४ जनाको परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै यही अवधिमा ६ हजार २ सय ५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १ सय ९ जनाले ज्यान गुमाएका छन् ।

परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो । नेपालमा अझै पनि संक्रमणको दर उच्च रहेको छ । आज पनि परीक्षण गरेकोमा संक्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ । यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आइतबार यो संख्या १२ हजार ७ सय ७० मात्र रहेको छ ।

शनिबार पनि १४ हजार ७ सय ५२ जनामा कोरोना परीक्षण भएको थियो जसमा थप ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार थप ६ हजार ८० जना निको भएका थिए भने १ सय १६ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया