३१ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा कोरोना विरुद्ध खोपको दुबै डोज भ्याक्सिन लगाएका हङकङवासीलाई एउटा  सुनौलो अवसर मिल्ने भएकोछ। हङकङमा रहेको साइनो ( सिनो ) ग्रुप र चाइनिज स्टेटस होल्डिङ कम्पनीले क्वुन तङमा भएको प्रोपर्टीबाट हङकङ डलर एक करोड असी लाख नेपाली रुपैयाँ करिब १५ करोड (HK$10.8 million ) भन्दा बढी मुल्यको ब्रान्ड न्यु एउटा बेडरुम भएको फ्लाट राफल चिट्ठामा उडाउने भएकोछ।

दुबै डोज भ्याक्सिन लगाएका हङकङको परमानेन्ट रेसिडेन्टले यो चिट्ठा काटेर  पुरस्कार जित्न सक्नेछ्न। हङकङको कोभिड खोप दर ज्यादै सुस्त गतिमा अघि बढेकोले खोप दर वृद्धि गर्नका निम्ति यो कदम चालिएको हो।

क्वुन तङको ग्रयाण्ड सेन्ट्रल ३३ , हिप ओ स्ट्रीटमा पर्ने  ४४९ स्क्वायर फुट बराबरको यो फ्लाट खोप लगाइसकेको एकजना विजेताले प्राप्त गर्ने सबैभन्दा ठुलो पुरस्कार हुने कुरा ग्रुपले यहि मे २८ तारीख शुक्रबार खुलासा गरेको थियो ।

१८ वर्ष पुगेका वा सो भन्दा माथिका कोभिड भ्याक्सिनको दुबै खोप लगाइ सकेका हङकङका नागरिकले यो भाग्य  चिठ्ठामा भाग लिन सक्नेछ्न।

साइनो ग्रुप र चाइनिज स्टेटस होल्डिङ्स द्वारा संचालित ङ्ग तेङ फङ च्यारिटेबल फाउन्डेसनको ब्यानरमा आयोजना हुन लागेको यो चिठ्ठामा मुल पुरस्कारका अलावा अन्य २० वटा
आकर्षक पुरस्कार पनि राखिएको छ।

यी पुरस्कारहरुमा दुबै डोज भ्याक्सिन लाएका हङकङका स्थाइ र अस्थायी बासिन्दा , डोमेस्टिक हेल्परको रूपमा कार्यरत व्यक्ति र वर्किङ भिसा भएका व्यक्तिले  जो कोहीले भाग लिन सक्दछ्न।

यस किसिमको पुरस्कारमा प्रति  विजेतालाई  हङकङ डलर १,००,००० ( एक लाख) को दरले  सित्तैमा खर्च गर्न पाइने  फ्री स्पेन्डिङ क्रेडिट दिइनेछ। यो नगद प्रे पेड वा क्रेडिट कार्डको रूपमा उपलब्ध गराइनेछ। भाग्य चिट्ठामा भाग लिन चाहनेले सेप्टेम्बर १ तारीख भित्र आफ्नो नाम दर्ता गराइ सक्नु पर्नेछ।

हङकङको आइडी कार्ड हुने जो कोहीले यो क्रेडिट कार्डवाला राफल चिठ्ठामा भाग लिन पाउनेछ्न भनिएकोछ।

“हामीलाई आशा छ यस कार्यद्वारा  शहरको टोटल भ्याक्सिनेसन रेट बढ्नेछ। महामारी संग लडने खोप नै एउटा यस्तो महत्त्वपूर्ण पाइला  हो जसद्वारा हामीले आफुलाइ , हाम्रो पृयजनलाइ ,हाम्रो साथी र सहकर्मीलाई बचाउन सक्दछौँ ” भन्छ्न फाउन्डेसनका निर्देशक डारिल ङ्ग।

यो राफल चिट्ठामा भाग लिन इच्छुकले सेप्टेम्बर १ तारिख वा सो भन्दा अगाडि साइन अप गरिसक्नु पर्नेछ। कसरी साइन अप गर्ने विषयमा आगामी दिनमा खुलस्त पार्ने भनिएको छ।

यो भ्याक्सिन लोटरीको ट्रेन्ड अमेरिकाको क्यार्लिफोर्निया,कोलोराडो, ओहियो, न्युयोर्क र ओरेगन राज्यले मोटो रकम राखेर शुरु गरेका हुन। हङकङले नगदको सट्टामा फ्लाट तथा स्पेन्डिङ क्रेडिट दिने भएकोछ।

केही समय अघि केही राजनीतिज्ञले सरकारले दिने जनही पाँच हजार नगद भौचरको सट्टा सुइ लाउनेलाई सो रकम नगदको रूपमा दिदा हुन्छ भन्ने सुझाव दिएका थिए । तर सरकारले त्यसरी खोप लाए बापत प्रत्यक्ष पैसा बाँड्दा राम्रो संदेश जादैन भनेर उक्त प्रस्तावलाई  हङकङकि कार्यकारी प्रमुख क्यारी लामले अस्वीकार गरेकी थिइन।
बरु यस्तो काम बिजनेस कम्पनीले गर्दा हुन्छ उनले भनेकी थिइन।
लामको अभिव्यक्ति आएको केही समय पश्चात् हङकङका प्रोपर्टी टाइकुनहरुले अहिले भ्याक्सिन चिठ्ठा बजारमा ल्याएकाछ्न।

त्यसो त फिलिपिन्सको एउटा  देहाती शहरले भ्याक्सिन लाउने लाई  गाई उपहार दिने घोषणा पनि गरेकोछ।

हङकङमा अहिले २० प्रतिशत भन्दा कमले भ्याक्सिनको पहिलो डोज लगाएका छ्न भने  करिब १५ प्रतिशत जतिले मात्र दुबै डोज भ्याक्सिन लगाइसकेको अवस्था छ।

सर्वसाधारणको कुरै छोडौं  हङकङका एक तिहाइ स्वास्थ्यकर्मीले मात्र खोप लिएको कुरा हस्पिटल अथोरिटिले गत महिना जनाएको थियो ।

भ्याक्सिन लाउन हिचकिचाइ रहेको जमातलाई खोप तर्फ आकर्षित गर्न मे २६ तारीख हङकङ एयरपोर्ट अथोरिटिले कोरोना भ्याक्सिन लगाइसकेका हङकङका बासिन्दा र एयरपोर्टमा काम गर्ने कर्मचारीलाई  ६० हजार वटा एयर टिकेट भाग्य चिट्ठाद्वारा वितरण गर्ने कुरा घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया