१ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

कोभिड-१९ को दोस्रो लहरको खराब असर नेपालमा पर्दा दैनिक दस हजारको संख्यामा संक्रमित हुने र दैनिक करिब  २०० जनाले ज्यान गुमाउने क्रम रहेपछि संसार भरका नेपालीहरु शोक र पीडामा जानू परेको स्थिति थियो । तिसौ हजारको संख्यामा रहेका हङकङबासी नेपालीहरु पनि यस पिडाबाट अछुतो रहने कुरा आएन।

निजि र संस्थागत हिसाबले कसरी कोरोना संक्रमितलाई सहयोग गर्न सकिन्छ  भन्ने प्रश्नले आज प्रत्येक नेपालीलाई पिरोलेको छ। हङकङका नेपालीहरु पनि आफ्नो स्तरबाट सकिने सहयोग गर्न तदारुकताका साथ लागि परेकाछ्न।

नेपालीहरुको एउटा साझा संगठन हङकङ नेपाली महासंघ अहिले नेपालमा विकराल रूपले फैलिएको  कोरोना महामारीसंग लड्न चाहिने आवश्यक उपकरण, स्रोत  तथा संसाधन जुटाउने अभियानमा जुटेको छ।

मे २९ तारीख शनिबार साँझ मङककको नाथन सेन्टर, ५८० नाथन रोड स्थित महासंघको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर एक प्रेस विज्ञप्ति जारी गर्दै  ‘हेल्प नेपाल फाइट एगेन्स्ट कोभिड- १९ ( help nepal- fight against covid-19 campaign )  भन्ने  नाराका साथ महासंघ अहिले मैदानमा उत्रेको छ।

हेल्प नेपाल अभियानको पहिलो चरणमा महासंघले यथाशीघ्र न्युनतम २०० थान अक्सिजन संकेन्द्रक अर्थात कन्सेन्ट्रेटर नेपाल पठाउने योजना बनाएको छ। अक्सिजन सिलिन्डरको अभाव हुदै गरेको अवस्थामा वातावरणमा भएको अक्सिजन शोषण गरि  अक्सिजन बनाउने यो मेसिन अहिले जीवन रक्षाको अर्को विकल्प बनेकोछ।

कोभिडको यो कहरमा अक्सिजन नपाएर मानिस अकालमा मरिरहेका छ्न। अत  अहिलेको स्थितिमा अक्सिजन कन्सेन्ट्रेटरले धेरैको जीवन रक्षा गर्ने भएकोले पहिलो चरणमा कन्सेन्ट्रेटर पठाउने कुरा  अभियानका संयोजक रिता गुरुङले बताइन।

सोअर्स  एक्शन (Sowers Action) नामक एनजीओसंगको सहकार्यमा संचालित यो अभियान अन्तर्गत पठाइने   २ सय वटा अक्सिजन कन्सेन्ट्रेटर यथाशीघ्र  एयर कार्गो मार्फत नेपाल पठाइदैछ ।

 हङकङ स्थित नेपाली महावाणिज्यदुतको सहजीकरणमा  देशको ७७ वटै जिल्लाको सरकारी अस्पतालहरुमा यी कन्सन्ट्रेटरहरु  वितरण गरिने लक्ष्य रहेको कुरा उक्त प्रेस मिटको बखत  महासंघकी सल्लाहकार तथा   अभियान  संयोजक रिता गुरुङले खुलाइन।

अभियानको दोस्रो चरण अन्तर्गत  महावाणिज्यदुतावास मार्फत नेपाल सरकारले तय गरेको  माग सुची अनुसारका बिबिध  स्वास्थ्य सामाग्री तथा राहतजनित  वस्तुहरु नेपाल पठाईनेछ।

महासंघले सोअर्स एक्सन सोएर्स संगको सहकार्यमा डोनेसन संकलन गर्नको निम्ति जुन महिनाभरी च्यारिटी वाक गर्ने भएकोछ।

दातृ संस्था सोअर्स एक्सनले दिएको २०० थान अक्सिजन कन्सन्ट्रेटर रेडि भएता पनि  ढुवानी खर्च जुटाउनु पर्ने दायित्व हामीसंग छ त्यसैले   मातृभूमि प्रति माया दर्साउने हङकङका संघसंस्था, समाजसेवी, व्यापारी, लगायत हङकङबासी समस्त नेपालीहरुमा महासंघका अध्यक्ष टंक रानाले पत्रकार सम्मेलन मार्फत आर्थिक सहयोगको लागि सबैलाई अनुरोध गरेका थिए ।

” समस्यामा परेका नेपालीहरुलाइ राहत प्रदान  एवं उद्वार गर्नु मानवीय कर्तव्य हो । तसर्थ यस पवित्र अभियानलाई सफल पार्न यहाँहरु संपूर्णलाई आ आफ्नो तहबाट आर्थिक सहयोग संकलनमा सहभागिता जनाइ यस बारेमा जानकारी सम्प्रेषण गरिदिनुभइ हातेमालो गरिदिन हुन हङकङ नेपाली महासंघ हार्दिक अपिल गर्दछ” विज्ञप्तिमा भनिएको छ।

सहयोग गर्न चाहनु हुनेहरूको निम्ति बैंक खाता पनि राखिएकोछ।
Bank account name: Hongkong nepalese federation
HSBC account number :543-210256-001

तपाईको प्रतिक्रिया