काठमाडौं । गायक सञ्जीव पराजुली र गायिका टिका प्रसाईको स्वरमा रहेको नयाँ गीत ‘कान्छी कान्छा’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा बसन्त सापकोटाको संगीत र शब्द छ भने रिकेस गुरुङको एरेन्ज छ । यो गीत एलबम ‘सँगसँगै’मा समावेश छ । भिडियोमा पल शाह र एलिशा राई फिचर्ड छन् ।

डान्सिङ नम्बरको गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारी एण्ड टिमको छायांकन र लक्ष्मण पौडेलको निर्देशन छ ।

गीतको भिडियो द भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिएको हो ।

गायक पराजुली र गायिका टिका प्रसाईको स्वर रहेको ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘तिमी मलाई मनपर्छ’, ‘जानी नजानी’, ‘हातमा घडी’लगायतका गीत चलेका गीत हुन् ।

तपाईको प्रतिक्रिया