३ जुन २०२१ । हङकङ । नरजित राई ।

हङकङमा बसोबास गरिरहेका ५० जना नेपाली उद्यमीहरुको भेलाले सन २०११ सालमा स्थापित नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा मिति ३० मे २०२१ का दिन बगैंचा रेस्टुरेन्ट जोडेर्नमा सम्पन्न भएको छ।

हङकङ सरकारबाट यस संस्थाले सन २०१२ सालमा बित्तीय कारोबार गर्ने लाइसेन्स प्राप्त गरेको थियो।  नवौं साधारण सभालाइ बन्द सत्र, खुल्ला सत्रमा बिभाजन गरिएको थियो।

बन्द सत्रको कार्यक्रमलाई नेपाल फाइनान्स लिमिटेड हङकङका कार्यकारी अध्यक्ष  धिराज कुमार राइले अध्यक्षता गर्नु भएको थियो  भने सो कार्यक्रमको सन्चालन संस्थाका सचिव  जित कर्ण राइले गर्नु भएको थियोे ।

यो कार्यक्रमले अल्फा रेमिट लिमिटेड हङकङ नामक कम्पनीलाई  खरिद गरेको , कम्पनीको   स्टाफहरुलाइ तलबको ३०% बोनस दिने र  नेपालमा  ” नेपाल ओभरसिज डेभ्लोपर्स प्राली ”  दर्ता गरि मातृभुमिमा पनि लगानी गर्ने योजना आदिलाइ साधारण सभाले अनुमोदन गरेको थियो।

सेयर होल्डरहरुलाई  आर्थिक  बर्ष २०२०-२१ को लाभाङस १०% का दरले बितरण गरिएको सो सभामा जानकारी गराइएको थियो।

अहिले नेपाल फाइनान्स लिमिटेड हङकङको मुल धन  ६ करोड २० लाख ७९ हजार ५ सय पचास हङकङ डलर रहेको र शेयरहोल्डर इक्युटि १ करोड २७ लाख ५३ हजार ३ सय  ७८ रहेको बताइएकोछ।

नेपाल फाइनान्स लिमिटेडले आफ्नै लगानीमा  ” हेल्लो किचन रेस्टुरेन्टको संचालन गरेको छ भने  अल्फा रेमिट लिमिटेडलाइ खरिद गरि कारोबार पनि शुरु गरिसकेको छ।

जोर्डन  स्थित बगैंचा रेस्टुरेन्ट  एन्ड पार्टी प्यालेसमा ५५%  शेयर लगानी समेत संस्थाले गरेको छ।  यसै गरि ७.९ मिलियन डलरमा फ्लाट समेत खरिद गरि आवासमा  लगानी गर्न थालेको जानकारी  संस्थाका महाप्रबन्धक  शशी मदन राइले दिनु भएको थियो।

नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभाको दोस्रो खुल्ला सत्रको प्रमुख अतिथिमा हङकङ महाबाणिज्यदुत उदय बहादुर राना मगर रहनु भएको थियोे ।

बिशेष अतिथिहरुमा बाणिज्यदुत किरण कुमार गुरुङ , नेपाल च्याम्बर अफ कमर्स  हङकङका  अध्यक्ष दासुराम पराजुली, नेपाली महासंघ हङकङका अध्यक्ष टंक राना, एनआरएन हङकङका अध्यक्ष राधिका गुरुङ, जनजाती महासंघका अध्यक्ष किसन राई, बगैंचा रेस्टुरेन्टका अध्यक्ष नरेश सुनुवार  र  केएमइ फाइनान्स, सगरमाथा क्यापिटल होल्डिङ लिमिटेड , मन्ना फाइनान्स, काष्ठमण्डप फाइनान्सका प्रतिनिधिहरु रहेका थिए ।

नेपाल च्याम्बर अफ कमर्स  हङकङका  अध्यक्ष दासुराम पराजुलीले  हङकङमा नेपालीहरुका लागि नेपाली बैंकको आवश्यक रहेको र सबै फाइनान्सहरु मिलेर स्थापना गर्न सकिने सुझाव  दिनु भएको थियो।

प्रमुख अतिथिमा हङकङ महाबाणिज्यदुत उदय बहादुर राना मगरले नेपाल फाइनान्स लिमिटेड हङकङ नाफामा रहेकोे कुराको  सराहना गर्दै र नेपालमा समेत लगानी गर्न तयार भएकोमा खुसी व्यक्त  गर्दै नेपाल सरकारको तर्फबाट सहयोग गर्ने वचन समेत दिनु भएको थियो।

सो कार्यक्रममा  उपस्थित बिशेष अतिथिहरुले नेपाल फाइनान्स लिमिटेड हङकङको सफलता, प्रगतिको कामना गरेका थिए।

कार्यक्रमको अन्तमा स्याम्पेन फोरेर सिंगै चाइनिज रोस्टेड पिगलाइ प्रमुख अतिथि को बाहुलीबाट काटी रात्री भोजको शुभराम्भ भएको थियो।

सो अवसरमा भाग्यचिठ्ठाको पनि सन्चालन गरि रमाइलो गरिएको थियो। स्मरण रहोस, नेपाल फाइनान्स लिमिटेड हङकङमा नेपालीको स्वामित्वमा स्थापित  पहिलो बित्तीय संस्था हो।

तपाईको प्रतिक्रिया