काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८ सय १३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४ हजार ६ सय २४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८ हजार ६ सय ६३ जना निको भएका छन् भने थप १ सय १ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १ सय ८२ पीसीआर परीक्षणमा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षणमा २ हजार २९ गरी ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६ सय ९९ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय १ जनाको मृत्यु भएको छ र ८ हजार ६ सय ६३ जना निको भएका छन् । निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १ सय ३० जना पुगेको छ ।

तपाईको प्रतिक्रिया