४ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

गत मे ३० तारीख आइतबार जोर्डन स्थित नयाँ पेजको कार्यलयमा नयाँ नेतृत्वका संयोजक रमण गुरुङको अध्यक्षतामा  सम्पन्न भएको हङकङ साहित्यिक साझा शृङ्खलाको १०१औं अंक भव्यताका साथ सफल भएकोछ।

हङकङ साहित्यिक साझा शृंखलाले प्रवास हङकङमा प्रत्येक महिनाको अन्तिम आइतबार  नविनतम सिर्जना वाचन साथै अन्य  साहित्यिक गतिविधि निरन्तर गरेको ९ वर्ष पूरा भएर दस वर्षमा लागेकोछ। कोभिड महामारी स्वास्थ्य मापदण्डका कारण केही महिना स्थगित रहेको शृङ्खला गत महिनाबाट संचालनमा आएको हो ।

गत महिना सम्पन्न ९ औं वार्षिकोत्सबले शृङ्खलाको नयाँ नेतृत्वको संयोजकमा रमण गुरुङ र सहसंयोजकमा गिता अधिकारीलाई चयन गरेको थियो । स्मरण रहोस , पुर्व संयोजकमा सुनिता गिरि र सह संयोजकमा दिपेन्द्र राई रहेका थिए ।

शृङ्खलाका सह संयोजक गीता अधिकारीद्वारा संचालित उक्त कार्यक्रममा आफ्नो रचना वाचन गर्ने साहित्यकारहरुमा चन्द्र मादेन ‘आन्छन’,  डी.बी. पालुङ्वा, सुनिता गिरी, बलबहादुर थापा, डोम राना, कमल पौड्याल, लोक प्रसाद दाहाल, बबिता राई, नरजित राई, सन्ध्या क्षेत्री, पूर्णिमा शाह, विष्णु मुखिया, किन्दर राई, नारायण भण्डारी, नविन सुहाङ, लालबहादुर गुरुङ रहेका थिए ।

गायिकाद्धय मञ्जु थापा र बिन्नि लामाले गीत गाउदा साहित्यिक  कार्यक्रममा सांगेतिक आयाम पनि थपिएको थियो ।

कार्यक्रममा शृङ्खलाको ९ औं वार्षिकोत्सवलाई सफल तुल्याउन आर्थिक सहयोग गर्ने सारयस गिरी फाण्डेशन काठमाण्डौं प्रतिनिधी पूर्णिमा शाह र श्रृंखलाका संरक्षक
राज कुमार राईलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

श्रृंखलाका संरक्षकद्धय दाजु गुरुङ र राज कुमार राईले  कार्यक्रममा वाचन गरिएका सृजनाहरुको समिक्षा गर्दै सिंगो   कार्यक्रमबारे बोलेका थिए ।

संरसृजनसिल रहन आग्रह गर्ने वस्तुको प्रतीक स्वरुप   शृङ्खलाका नव–संयोजक रमण गुरुङले उपस्थित साहित्यकारलाई कलम र नोटबुक वितरण गरेका थिए ।गुरुङले आफ्नो कार्यकाल भरी हङकङका सबै कलाकार तथा  साहित्यकार एवं कला साहित्यप्रति अनुराग भएका सबैबाट  माया र साथ पाउने कुरामा विश्वस्त रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया