५ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

गत जुन २ तारीख हङकङको अखबारमा प्रकाशित समाचार अनुसार  हङकङको एउटा विशाल डिभलपर कम्पनी साइनो ग्रुपले उडाउन लागेको हङकङ डलर दस मिलियन बराबरको  भ्याक्सिन लोटरिको रजिस्ट्रेसन प्रक्रिया यही जुन १५ तारीख बिहान ९ बजेबाट खुला हुने भएको छ।

यो भाग्य चिट्ठाको प्रायोजकमा साइनो ग्रुपको परोपकार शाखा ङ्ग तेङ फङ च्यारिटेवल फाउन्डेसन लिमिटेड र चाइनिज स्टेट्स होल्डिङ लिमिटेड रहेकोे छ।

सेप्टेम्बर १ तारीख वा सो भन्दा अगाडि कोभिड भ्याक्सिनको दुबै डोज लगाएका १८ वर्ष पुगेका वा भन्दा माथिका उमेरका हङकङका वासिन्दाले यो भाग्य चिट्ठामा भाग लिन पाउने छ्न। यो चिट्ठा उडने घोषणा हुनु भन्दा अगाडि दुबै डोज भ्याक्सिन लगाइ सकेकाले पनि यस खेलमा भाग लिन पाउने छ्न।

यो भाग्य चिट्ठामा भाग लिन चाहनेले सेप्टेम्बर १ तारिख अपरान्ह ५:३० बजे भित्र आफ्नो विवरण रजिस्टर गरि आवेदन लक्की ड्र वेबसाइट मार्फत पेस गरिसक्नुपर्नेछ।

जुन १५ तारीखबाट  यो ग्रुपको प्रोपर्टी भएका १० निर्दिष्ट  स्थानमा लक्की ड्र अन्लाईन फारम भर्न सिकाउन काउन्टरको व्यवस्थापन गरिने भएकोछ।

हङकङको स्थाइ परिचयपत्र अर्थात पर्मानेन्ट आइडि भएका  जोकोहीले यो भव्य पुरस्कारको निम्ति चिठ्ठामा भाग लिन पाउनेछ्न । उक्त भव्य पुरस्कारमा करिब हङकङ डलर एक करोड ८० लाख ( 10.8 million ) नेपाली १५ करोड भन्दा बढी मुल्यको ४४९ स्क्वायर फिट बराबरको एक कोठे बेडरुम रहेको छ। जुन फ्लाटको ठेगाना रहेकोछ 47D, टावर ३, ग्रयान्ड सेन्ट्रल क्वुन तङ।

ग्रुपले जानकारी दिए अनुसार  यो भव्य पुरस्कार जित्नेले प्राप्त गर्ने प्रोपर्टी पास गर्दा लाग्ने सबै खर्च (स्टाम्प ड्युटी ,रजिस्ट्रेसन र लिगल फि) र एक वर्षको म्यानेज्मेन्ट फि सबै पुरस्कारदाताले व्यहोरदिनेछ।

मुल पुरस्कार बाहेक  अन्य २० वटा आकर्षक पुरस्कार पनि राखिएको छ।

यी पुरस्कारहरुमा दुबै डोज भ्याक्सिन लाएका हङकङका स्थाइ र अस्थायी बासिन्दा , डोमेस्टिक हेल्परको रूपमा कार्यरत व्यक्ति र वर्किङ भिसा भएका व्यक्तिले  जो कोहीले भाग लिन सक्दछ्न।

यस किसिमको पुरस्कारमा प्रति  विजेतालाई  हङकङ डलर १,००,००० ( एक लाख) को दरले  सित्तैमा खर्च गर्न पाइने  फ्री स्पेन्डिङ क्रेडिट दिइनेछ। यो नगद प्री पेड वा क्रेडिट कार्डको रूपमा उपलब्ध गराइनेछ।

यी सबै  भाग्य चिट्ठा सेप्टेम्बर ८ तारीखका दिन अन्स्ट एन्ड यङ एड्भाइजरी सर्भिस लिमिटेडले व्यवस्थापन गरेको विशिष्ट कम्युटर पद्धतिबाट उडाइनेछ। नतिजाको घोषणा सोही दिन गरिनेछ र सेप्टेम्बर १३ को स्थानीय पत्रीकामा प्रकाशित गरिनेछ।

विजेताहरुलाइ व्यक्तिगतरूपमा फोन र एसएमएस द्वारा खबर गरिनेछ।

लक्की ड्र संबंधी वेबसाइट
http://www.vaccinationluckydraw.hk

तपाईको प्रतिक्रिया