७ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले यस वर्षको बजेटबाट आफ्नो नागरिकलाई जनही हङकङ डलर ५ हजारको दरले सपिङ नगद भौचर वितरण गर्मी याम लागे पछि गर्ने भनेको थियो ।

महामारी राहतको रूपमा आएको  उक्त इलेक्ट्रोनिक भौचर प्राप्त गर्नको निम्ति नागरिकहरुले आगामी जुलाइ ४ तारीख अन्यथा जुलाई ५ तारीख सोमबारदेखि आफ्नो नाम दर्ता गर्न सक्नेछन ।

विविध उपभोग्य वस्तुमा खर्च गर्न सकिने उक्त ५ हजार डलर  १८ वर्ष पुगेका वा सो उमेरभन्दा माथिका सबै हङकङ रेसिडेन्टलाई सरकारले दिनेछ। करिब ७२ लाख नागरिकले यो भौचर पाउने अनुमान गरिएकोछ।

हङकङका चार वटा इलेक्ट्रोनिक पेमेन्ट  सिस्टम भएको कम्पनीबाट  यो भौचरको भुक्तानी हुनेछ। ती कम्पनी हुन अलिपे एचके (AlipayHK),  अक्टोपस ( Octopus), ट्याप एन्ड गो (Tap & Go)  र वीच्याट पे एचके (WeChat Pay HK) ।

तपाईको प्रतिक्रिया