११ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङका एक टाइकुन लि साउ कीको कम्पनी हेन्डरसन ल्यान्ड डिभलपमेन्टले जुन देखि सेप्टेम्बर महिनाभित्र छ वटा लक्की ड्र उडाउने भएको कुरा गत जून ७ तारीख घोषणा गरेको थियो । हङकङमा परिचालित खोप अभियानलाई सफल तुल्याउन गरिने यो भाग्य चिठ्ठामा कुल  ३०० टिल(बार ) ९९९ छापवाला ( २४ क्यारेट) सुन र हङकङ डलर १० लाख भन्दा बढीको सपिङ कुपनहरु रहेको बताइएको छ।

यो चिट्ठाको सबैभन्दा ठुलो पुरस्कारमा हङकङ डलर १० लाख भन्दा बढी मुल्य बराबरको ६० थान  टिल ९९९ छापावाल सुन रहेकोछ।

भातृ कम्पनी हङकङ एन्ड चाइना ग्यास कम्पनीसंग मिलेर १८ वर्ष पुरा भएका कोभिड खोपको दुबै मात्रा लगाएका हङकङ नागरिकको लागि कुल हङकङ डलर १ करोड मुल्य बराबरको यो भाग्य चिट्ठा उडाउन लागिएको हो।

यो भाग्य चिट्ठाको लागि अन्लाईन रजिस्ट्रेसन यही महिनाको अन्त तिर खुला हुने भएकोछ। जुलाई महिनाबाट प्रत्येक २ हप्तामा एक चोटि कम्प्युटरकृत चिट्ठा उडाइनेछ।

तपाईको प्रतिक्रिया