१५ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा ।

आज हङकङमा देखिएको ९८ केस मध्ये ९ वटा आयातित र ८९ वटा स्थानीय परेकाछ्न। स्थानीय केस अन्तर्गतका ५९ वटा केसको सम्बन्ध पुर्व केस संग रहेकोछ भने ३० वटा केसको संक्रमण स्रोत खुल्न सकेको छैन।

दुईवटा केस चुङ क्वान ओ कन्स्ट्रक्सन साइटबाट आएका छ्न। दुईवटा केस ङा सिन वाइ स्थित १८३ तुङ ताउ चुन रोडमा पर्ने तुङ ताउ स्टेटको क्वाइ तुङ हाउसबाट आएकाछ्न। दुईवटा केस पहिल्यै संक्रमित परिवारबाट आएकाछ्न। एसिया वर्ल्ड एक्स्पो कम्युनिटी फेसिलिटीका एक संक्रमित कर्मचारीको परिवारबाट एक जना थपिएकोछ।सातिनको याटा सुपरमार्केटबाट एउटा केस आएकोछ। लोहास पार्क र डान्स ग्रुप क्लस्टरबाट एक एक जना थपिएकाछ्न।

ताइ पो स्थित २८-३२ ताइ विङ लेनको फङ निङ बिल्डिङमा रहेको घरेलु कामदार बस्ने छात्रबाँस बाट ८ केस पत्ता लागेको छ। हिजोको दुइजना समेत गरेर यो बोर्डिङ हाउसबाट संक्रमित संख्या १० पुगेकोछ । ३० जना भन्दा बढीलाई टेस्टको लागि क्वारेन्टाइन सेन्टर पठाइसकिएको छ।

कोरोना संक्रमित कुल संख्या हङकङमा ७,७२१ पुगेकोछ।

आज मंगलबार दुई जना वयोवृद्धको कोरोनाबाट मृत्यु भएकोछ। विगत २४ घण्टामा जम्मा चार जनाको मृत्यु भएकोछ । कुल मृत्यु संख्या हङकङमा १२२ पुगेकोछ।

७९ वर्षको पुरुषले सोमबार दिनको एक बजे क्विन एलिजावेथ अस्पतालमा देह त्यागेका थिए । अर्को मृतक ६४ वर्षीय महिला हुन जसको मृत्यु पामेला योदे नेदरसोल अस्पतालमा भएको थियोे ।

तपाईको प्रतिक्रिया