१३ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

अष्ट्रेलियाको इन्डस्ट्रीयल प्रोपर्टी फर्म गुडमेन ग्रुप हङकङ कार्यलयले हङकङ सरकारको कोभिड -१९ खोप योजनालाई सहयोग पुरयाउने हेतुले हङकङ डलर दस लाख भन्दा बढीको भाग्य चिट्ठा चाडै उडाउने घोषणा गत जुन ४ तारीख गरेको थियो ।

अगस्ट ३१ , २०२१ भित्रमा दुबै मात्रा खोप लगाइसकेका हङकङका सबै आइडी होल्डरले सेप्टेम्बरमा उडाइने यो भाग्य चिट्ठामा सहभागी हुन पाउने छ्न।

यस भाग्य चिट्ठामा अन्य थुप्रै नगद भौचरको साथमा हङकङ डलर ५ लाख भन्दा बढी मुल्यको एउटा टेस्ला मोडेल- ३ लङ रेन्ज इलेक्ट्रीक  कार पनि  राखिएकोछ।

चीन र हङकङमा टेस्ला कार निकै लोकपृय भएकोले नागरिकको ध्यानाकर्षण भ्याक्सिन लाउन तिर तुरुन्तै जावस भनेर यो कारलाई पुरस्कारको रूपमा राखेको हुनसक्छ । त्यसो त टेस्ला मोडेल -3 विश्व कै पपुलर र बेस्ट सेलिङ इलेक्ट्रीक कार हो।

यो चिट्ठाबारे पुर्ण विवरण संबंधित कम्पनीले  यथासमयमा सार्वजनिक गर्नेछ।

तपाईको प्रतिक्रिया