काठमाडौं । बन्दाबन्दीको समयमा किसानको उत्पादन बजारसम्म पुग्न नपाएको गुनासो आएपछि राष्ट्रिय किसान आयोगले आइतबार बजार अनुगमन गरेको छ ।

आयोगका सदस्य तथा प्रवक्ता जीवन्ती पौडेलका अनुसार देशभित्रै उत्पादन भएका अत्यावश्यक खाद्य पदार्थ बजारसम्म लैजाँदा प्रहरीले अवरोध गरेको सुन्नमा आएपछि आयोगको टोलीले राजधानीका विभिन्न नाकाहरुमा पुगी स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अत्यावश्यक खाद्य पदार्थ ढुवानी गर्ने क्रममा राजधानी आएका सवारी साधनमा फर्किने बेलामा दुईजना भन्दा बढी मानिस बोकेको फेला परेपछि प्रहरीले सोधपुछ गर्ने गरेको, एक डेढ घण्टा गाडी रोकेको तर फिर्ताचाहिँ नपठाएको भन्ने थाहा पाएको पनि आयोगका सदस्य पौडेले बताइन् ।

No description available.

बजार अनुगमनकै क्रममा हिजो राजधानीसँगै धादिङको धार्के, महादेवबेशीलगायतका बजारमा पुगेर स्थानीय किसानहरुसँग पनि छलफल गरेको आयोगले जनाएको छ ।

महादेवबेशीमा करिब ३० जना किसानलगायत जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवीसँग भएको छलफलमा यसपालिको बन्दाबन्दीमा तरकारीलगायत किसानले उत्पादन गरेका सामानहरु बजारसम्म पुर्याउन खासै समस्या नभएको कुरा किसानले बताएको अनुगमनमा सहभागी आयोगका सदस्य सुर्यप्रसाद खनाले जानकारी दिए ।

No description available.

तर समयमा मलखाद नपाउँदा भने किसानले चर्को मूल्य तिरेर मल किन्नु परेको, त्यही पनि समयमा नपाएको गुनासो गरेको खनाले बताए ।

अनुगमनमा आयोगका सदस्य सुर्यप्रकाश खनाल, जीवन्ती पौडेल, टेकबहादुर बोगटी, पुष्पा भुसाललगायतको समूह छुट्टाछुट्टै गएको पनि आयोगले जनाएको छ ।

आयोगको टोलीले अनुगमनका क्रममा काठमाडौंको थानकोटा, चावहिललगायतका ठाउँमा प्रहरीसँगसमेत छलफल गरी खाद्यान्न ढुवानी गर्ने सवारी साधन अवरोध नगर्न आगह्र गरेको जनाएको छ ।

No description available.

No description available.

 

तपाईको प्रतिक्रिया