१४ जुन २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङको कोभिड- १९ भ्याक्सिन अभियानको गतिलाई द्रुत पार्न क्याथे प्यासिफिक एयरवेजले एकजना सौभाग्यवान नागरिकलाई हवाईजहाजभित्र आकाशमाथि  प्राइभेट पार्टी दिने भएको छ, २ करोड दुरि बराबरको   एशिया माइल   ११० जनालाई दिने भएकोछ। क्याथे प्यासिफिकले यो लक्की ड्रको खबरलाई जुन ३ तारीख २०२१ साल बिहीबार आफ्नो बुलेटिन मार्फत सार्वजनिक गरेको थियो ।

एयरलाइन्सले जनाए अनुसार जीवनमा  अप्राप्य लाग्ने  यस्तो प्राइभेट फ्लाइट (once in a lifetime  private flight ) पार्टी क्याथे प्यासिफिकको नयाँ जहाज  एयरबस A३२१ नियो एयरक्र्याफ्ट (  A321neo aircraft ) मा आयोजना गरिनेछ। यो पुरस्कारको विजेताले  भ्याक्सिन लगाइसकेका सहकर्मीहरु जस्तै साथी तथा परिवारका सदस्यसंग  पार्टी मनाउन सक्दछ । पार्टीमा कति जनालाई सहभागी गराउन सकिन्छ भन्ने कुरा खुलाइएको छैन ।

र यो पार्टी भइरहदा  उक्त हवाईजहाज हङकङको आकाशमा उडिरहेको हुनेछ। पार्टीमा प्रयोग गरिने यो जहाज विश्व कै सबैभन्दा उन्नत  क्याथे प्यासिफिकले उत्पादन गरेको न्यारो बडी हवाईजहाज हो। एक वर्ष भन्दा कम उमेरको उक्त जहाजमा सहभागीहरुले फ्लाइटभित्र जडित हाइ-टेक सुइटको अनुभवका साथ क्याथे प्यासिफिकको सिग्नेचर वर्ल्ड – क्लास सर्भिस पनि प्राप्त गर्नेछ्न।

यस लक्की ड्रमा भाग लिएका मध्ये १० जना विजेताले जनही १० लाख एशिया माइल प्राप्त गर्नेछ्न भने अरु १०० जना विजेताले जनही १ लाख माइल एशिया माइल प्राप्त गर्नेछन।
एशिया माइलका विजेताले सो हवाइ दुरिलाई ट्राभल ,लाइफ स्टाइल र कम्पनीले दिने अन्य मनोरञ्जनजन्य उपहार तथा  नगद भुक्तानीसंग समेत साट्न सक्छन् ।

अगस्ट महिनाभित्र भ्याक्सिनको दुबै मात्रा ग्रहण गरिसकेका हङकङ आइडी कार्ड होल्डरले यो भाग्य चिठ्ठामा सरिक हुन पाउनेछ्न। चिठ्ठाबारे थप जानकारी समय आएपछि सार्वजनिक गरिनेछ।

तपाईको प्रतिक्रिया