यमुना घले – कृषि बिशेषज्ञ तथा खाद्य सुरक्षाविज्ञ

जनजातीहरुबीच परापुर्वकालदेखि प्रचलनमा रहेको खाने कुराहरु आजको समयसम्म पनि प्राकृतिक रहेको कारण यसको संरक्षण गर्न अत्यन्तै जरुरी छ। किनभने यो उनिहरुको पहिचानसग जोडीएको बिषय हो । तर हाल नेपालमा बसोबास गर्ने आदिवासी जनजातीहरुको जातीगत खाने कुराहरु बिस्तारै लोप हुने अवस्थामा छ। यसो हुनुमा पहिलो कारण सरकारी निति तथा कार्यक्रम नै हो जसले गर्दा लोक तथा जनजातिहरुको संस्कार, सँस्कृति मौलिक ज्ञान र सीपहरुको संरक्षण जसरी हुनु र गर्नु पर्थ्यो जुन भएको छैन । जस्तै सरकारले धेरै स्थानमा लगाइने बालीहरु मात्र प्रथामिकतामा राख्छ ।

जस्तै धान गहुँ लगायत तर जनजातीहरु आजसम्म पनि प्राकृतिक स्रोतहरुको पहुच र नजीक बस्ने भएको कारण उनिहरुबीच प्रचलन भएको खाद्य पद्दती प्राकृतिक नै छ । सरकारले उनिहरुको मुख्य बालीहरु सरकारको नजर मै पर्दैन। सरकारको नजरमा नपर्ने बितिकै कार्यक्रम तथा नितिमा पर्दैन । यसो भएपछि उनिहरुको उत्पादन बजारसम्म पुग्न सक्दैन ।

अर्को कारण भनेको जनजातीहरु धेरैजसो अहिलेपनि बिट्रिश लाहुरे र बैदेशीक रोजगारीमा जाने भएको कारण उनिहरुको समुदायमा पनि बिदेशी प्रभाव परेको कारण मौलिकता हराउदैछ । जंगलमा जथाभावी आगलागी हुनु , भुक्षय हुनु , जलबायु परिवर्तन हुनुको कारणले पनि जनजातीहरुको मौलिक पहिचान बिस्तारै लोप उन्मुख अवस्थातिर पुगेको छ जस्तै निगुरो,जडिबुटी र अन्य जंगली खाने कुराहरु ।

बिकास र शहरीकरणको नाममा जंगल र नदि किनारामा बसोबास गर्ने जनजातीहरु बिस्तारै बिस्तापित हुने समस्याहरु बिस्तारै बढ्दो छ यसले हामीसग भएको मौलिक चिजहरु हराउदै जाने जोखिम रहेको छ र मौलिकता हराउने खतरा झन् बढ्दो छ । मौलीकता हराउने बितिकै पहिचान हराइहाल्छ ।

संविधानको अनुसुची ८ ले कृषि र पोषण सुरक्षा स्थानिय सरकारलाई दिएको छ । त्यो हाम्रो समग्र देशवासीहरु कै निम्ति राम्रो अवसर हो जस्तै उदाहरणको निम्ति कर्णालीको जनजातीहरुले आफ्नो भेगमा के के उत्पादन हुन्छ ,कुनकुन जनजाती कहा कहा बसोबास गर्छन् ? जनसंख्यात्मक जानकारी राखेको हुन्छन् र त्यही अनुसार बजेट बिनीयोजन पनि गर्छन् । यसो हुनेबितिकै मैलीकता स्वारोजगार स्थापित हुन्छ ।

कृषि र खाद्यन्नमा आधारित मौलिक ज्ञानसीप संरक्षण जर्गेना र परिस्कृत गर्ने र त्यती गरेपछि बजारीकरण गरेमा देश पनि आत्मनिर्भर हुनेछ र यसले युवापुस्ता पलायल हुने क्रमलाई रोक्नेछ ।

तेस्रो कुरा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पलायन भएका जनजातीहरु जहाँ जहाँ जानेछन् त्यहा त्यहा हाम्रो मौलिक खाद्यन्नहरु पनि जानेछ र हाम्रो उत्पादनहरु पनि अन्तराष्ट्रिय करण हुनेछ त्यसले गर्दा आय आर्जन बढ्नेछ । नेपालमा बसोबास गर्ने जनजातीहरुको ज्ञान र सिपहरु दस्तावेजीकरण गर्न जरुरी छ । कहाँ के छ भन्ने कुराको पुर्णरुपमा अभीलेखीकरण नै भएको छैन अहिलेसम्म ।

हामीसँग भएका यी मौलिकतालाई पाठ्यक्रममा राख्नुपर्छ। ताकी पछि नितिनिर्माण तहमा पनि तिनै पुग्ने भएको कारण पछि गएर अझ सहज हुनेछ । अरु चाही हाम्रो बच्चाहरु खेल्ने फनपार्क र हाम्रा सिनेमाहरुमा पनि नेपाली मौलीकतासँग गासिएका खाद्यान्न बारे जानकारी बारे दृश्यहरु राखे अझ राम्रो हुन्छ । हामीसँग भएको रैथाने मौलिकता संरक्षणको निम्ति पाठ्यक्रममा राख्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया