धरान / द भ्वाईस अफ नेपालको नकआउट राउण्डसम्मको यात्रा तय  गरी बाहिरिएका प्रतिभाशाली गायक इशान राईको स्वरमा  राई इज किङ्ग राजेश पायल राईले आफ्नै संगीतमा तथा तुलसी बस्नेतको शब्दमा “धरानकी सान्नानीको सम्झना पो आयो है  “बोलको गीत रेकर्ड गराएर आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका छन्।

गायक राजेश पायल राईले समेत फ़िचरिङ्ग गरेको गीतको भिडियो

रिलिज भएको दोस्रो दिनमै युट्युबको ट्रेन्डिंगमा समेत परेको छ।

नकआउट राउण्डबाट बाहिरिए पनि उनलाई सम्पूर्ण जजहरुले मनपराएका थिए।  महागुरु दीप श्रेष्ठको टिममा रहेका गायक इशान राईको पछि गायक राजेश पायल राई ले नकआउट राउण्डबाट  नै बाहिरिएकी अर्का प्रतिभाशाली गायिका मेलिना मैनाली सँग एउटा युगल गीत रेकर्ड गराउने बाचा गरेका छन्।  आफुलाई मन परेका प्रतिभाशाली गायक -गायिकाहरुको लागि निस्फिक्री बोल्ने गायक पायलले यसअघि पनि द भ्वाईस अफ नेपालको बैशाली लामा सँग  एक युगल गीत रेकर्ड गराएका थिए।                                        महागुरु दीप श्रेष्ठको टिमबाट द भ्वाईसमा यतिको यात्रासम्म पुगी नेपाली संगीत आकाशको चम्किलो तारा राजेश पायल राईको  बलियो साथ पाएपछि गायक इशान पनि अहिले एकदमै खुशी छन्। आफ्नो मिहिनेतलाई अझ निखार्दै आफ्ना शुभचिन्तक तथा दर्शक-श्रोताहरुको भरोषालाई कायम राख्न आफु कटिबद्ध रहेको गायक इशान बताउँछन्।

म्युजिक भिडियो लिंक :

 

तपाईको प्रतिक्रिया