१८ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङका ठुला कम्पनीहरुमा अहिले भ्याक्सिन लट्री उडाउने होडबाजी नै चलेको प्रतीत हुन्छ। हाल सम्ममा सरदर हङकङ डलर १८ करोड भ्याक्सिन सम्बन्धि उडाइने भाग्य चिट्ठामा लगानी हुदै गरेको कुरा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले खुलासा गरेकी छिन ।

सन १८३२ मा चीनमा स्थापना भएको कम्पनी जार्डिन म्याथेसनले हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल पार्न गत जुन ११ तारीख हङकङ डलर १ करोड मुल्य बराबरको पुरस्कारहरु भाग्य चिट्ठा मार्फत वितरण गर्ने कुरा एक विज्ञप्ति मार्फत खुलासा गरेको थियो ।

महामारीका कारण देश विदेशको यात्रामा लागेको प्रतिबन्धलाइ खुकुलो पार्न, जर्जर अर्थतन्त्रलाई सुदृढ तुल्याउन र हङकङका नागरिकको जीवन रक्षाको निम्ति खोप ग्रहण गर्न अपरिहार्य आवश्यकता भएकाले नागरिकमा खोप लाउने हौसला जागोस भनेर यो उपहारको प्रबन्ध गरिएको विज्ञप्तिमा भनिएकोछ। हङकङ जेनेरल च्याम्बर अफ कमर्सले व्यवस्थापन गर्ने कम्युनिटी लक्की ड्र मार्फत यो कार्य सप्पन्न गर्ने भनिएको थियो ।

जार्डिन म्यथेसन कम्पनीका हङकङ अध्यक्ष तथा सह- प्रबन्ध निर्देशकले विज्ञप्तिमा भनेकाछ्न “अहिलेको भ्याक्सिन अभियान नै एउटा यस्तो  उत्तम मार्ग हो जुन माध्यमबाट सामुहिक रोग प्रतिरोधात्मक शक्ति सिर्जना गरेर हङकङ र यहाँका वासिन्दाको जनजीवनलाई सामान्य  तुल्याउन सकिन्छ र हामी पनि यो कार्यक्रम मार्फत मानिसहरूमा खोप ग्रहण गर्ने उत्साह जगाउन चाहन्छौं। यो महामारीसंग लड्ने ज्यादै  महत्त्वपूर्ण कदम भनेको नै खोप लाउनु  हो  फलस्वरूप विगतको जल्दोबल्दो र तन्दुरुस्त तथा गौरवमय  हङकङलाई हामीले पुन फिर्ता ल्याउन सक्छौं ।”

करिब १ करोड हङकङ डलर मुल्य बराबरको विभिन्न आकर्षक पुरस्कारहारु यस कार्यक्रममा राखिएको कुरा विज्ञप्तिमा उल्लेख छ  जसभित्र तीन वटा मर्सिडिज बेन्च कार र सपिङ , डाइनिङ र समुद्री पर्यटन भौचरहरु रहेकोछ जसको प्रायोजक हुन –  हङकङ ल्यान्ड , मेन्डारिन ओरिएन्टल, म्याक्सिम, वेलकम , म्यानिङ्स, आइकिया,पिजा हट र केएफसी ।

जार्डिन म्याथेसन होल्डिङ लिमिटेड र  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले  जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गरे अनुसार  जुन १७ तारीख कोभिड-१९ भ्याक्सिन लट्रीबारे थप विवरण सार्वजनिक गरेकोछ।

उक्त भाग्य चिट्ठाका पुरस्कारहरु  करिब ३ करोड ( hkd$30 million ) हङकङ डलर बराबरको रहेकोछ। जसमा सबैभन्दा आकर्षक पुरस्कारमा तीन वटा मर्सिडिज बेन्ज कार रहेकाछ्न । तीन जना विजेताले एकेक वटा प्राप्त गर्ने यी मर्सिडिज c क्लास कारको मुल्य हङकङ डलर प्रति कार ५ लाख भन्दा बढी रहेकोछ।

अन्य पुरस्कारमा  ५०० वटा एमटिआर एक वर्षे पास, स्वायर सपिङ मलमा प्रयोग गर्न मिल्ने सपिङ भौचर, वेलकम , मेनिङ्स, आइकियाको गिफ्ट भौचर, क्याथे प्यासिफिक बिजनेस क्लासको एयर टिकट , होटेलमा बिशेष छुटमा बस्ने सुविधा , मनोरञ्जक पार्कको प्याकेज , ङोङ पिङ ३६० केबुल कारको पास, आइकेबल मोबाइल पास,विभिन्न होटलमा डाइनिङ, सपिङ , कुपन आदि गरेर १०,००० थान भन्दा धेरै उपहारहरु राखिएकोछ।

सदस्य कम्पनीको प्रायोजनमा एचकेजिसिसी ( The hong konggeneral chamber of commerce ) ले संचालन गर्ने यो भाग्य चिट्ठा सात पटक निम्न मितिमा उडाइनेछ- जुलाई २२, अगस्ट ५,अगस्ट १९,सेप्टेम्बर २, सेप्टेम्बर १६ ,सेप्टेम्बर २३ र सेप्टेम्बर ३० । सहभागीहरुले सात राउन्डमा उडने यो चिट्ठामा एक चोटि नाम दर्ता गराए पुग्छ। र यदि पहिलो पटकको लक्की ड्रमा विजेताको रूपमा नाम निस्किएन भने उसको नाम स्वतः दोस्रो , तेस्रो हुदै सातौ राउन्ड सम्म जादछ। धेरै जसो पुरस्कारहरु हङकङ रेसिडेन्टको लागि राखिएको छ भने कतिपय पुरस्कार भने हङकङमा कार्यरत डोमेस्टिक हेल्परको लागि पनि रहेकोछ।

दुबै डोज भ्याक्सिन हङकङमा लगाएका  १८ वर्ष पुगेका  हङकङका  परमानेन्ट र गैरपरमानेन्ट दुबै किसिमका आइडी होल्डरले यो भाग्य चिठ्ठामा भाग लिन पाउने छ्न।

रजिस्ट्रेसन प्रक्रिया जुलाई २ तारीखबाट हुनेछ। रजिस्ट्रेसनको लागि वेबसाईट हो- www.hkgcc.luckydraw.com
यो वेबसाईट जुन  २९ तारीख सार्वजनिक हुनेछ।

हङकङमा भ्याक्सिन अभियान फेब्रुअरी २६ तारीख बाट लागू भएको हो। आज ११३ औं दिन हो।

.भ्याक्सिन लाउनेको कुल संख्या : ३,०८०,५६६

.पहिलो डोज लाउनेको संख्या : १,८४७,०७५ (२७.१%)

.दोस्रो डोज लाउनेको संख्या : १,२३३,४९१ (१८.१%)

तपाईको प्रतिक्रिया