बिशेष अंग्रेजी भाषा र साहित्यमा दखल भएका कवि नविन शिंहले महिला अधिकारको क्षेत्रमा कार्यरत सुरुवाती समयमा रहेका संस्था र अन्तराष्ट्रिय दातृसंस्थाहरुको सहकार्यसँग महत्वपुर्ण पुलको काम गरिसकेका छन् । हाल अमेरिकामा बसोबास गर्दे आएका शिंह उनका कविताहरुले प्राय प्रेमलाई जिकिर गरेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।

आमा

जब म तिम्रो न्यानो सुरक्षित वातावरण छोडेर यस संसारमा उत्रे
हुुर्काउने र फुर्काउने क्रममा
मेरा साना साना पाइलाहरु ठूला ठूला पद बन्दै गए
मैले बुनेका सपनाका बीजहरु कोही साकार भए कोही विलीन भई हराए
तर,
तिम्रो लागि आमा म बच्चा थिएँ बच्चा नै रहेँ ।

आँखामा आँखा जुधाएर जिन्दगीका रमाईला पलहरु बिताएँ
मेरो आँखा पछाडीको सम्पुर्ण व्याख्यान तिमीबाट लुक्दैन थियो
किन एक ठाँउमा नबसेर छटपटी रहेको ?
भनि तिमीले सवाल गर्दा मलाई थाहा थियो
तिमीले मेरो चिन्ताको विषय बुझ्न खोजिराखेका थियौ
किनकी तिम्रो लागि आमा म बच्चा थिएँ बच्चा नै रहेँ ।

समयसँगै म पनि विवाह बन्धनमा बाँधिए
मेरा आफ्नै बच्चाहरु भए ।
आमा-
मेरा बच्चाहरु ठुला हुँदै गए
तब मलाई थाहा भयो म बुढो भएछु
तर आमा तिम्रो लागि म बच्चा थिएँ बच्चा नै रहेँ।

सृजना

सृजना को सृष्टि
सृष्टि को सृजना
संसारको संरचना बदल्न सक्ने सृजनात्मक सोच
सृजनशील शक्तिले ल्याउन सक्ने परिवर्तनको मोड
चमत्कारिक किर्तीमानको पछाडी सृजनात्मक कला
संसारभरका आविष्कारहरुमा सृजनाको नविनतम उपयोग
सफलताको पल-पल सृजनाको आलिंगन
हर एक मा लुकेको सृजनाको खोज
म भित्रको सृजनाको म बाहिरको सृजनासंगको मिलन
अनि शुरु भयो नविन सृजना को यात्रा
र,
त्यस बेलादेखि अहिलेसम्म सृजनाको सृजनात्मक रचनाहरूले
सबै बाधा अड्चन तोड्दै निरन्तरता पाई नै रहयो
सृजनाको दृढ अठोट कहिले डगमगाएन
यिनै सृजनाले भरिपुर्ण सृजनाको जन्मदिनको अवसरमा
अरू धेरै उत्कृष्ट सृजनाहरुको कामना सहित जन्मदिनको शुभकामना ।

म मेरो खोजीमा कता कता रुमलिएँ
आकाशमा चम्किरहेको ताराहरुलाई नियाले
सूर्यको रापलाई तापेर महसुस गरेँ
चन्द्रमाको सुन्दरताको सहारा लिए
यि सबैमा मेरो म को केहि छाप पाईन

पहाडका चुचुराहरु डुले
मन्दिर मन्दिर चाहरे
ध्यान र उपासनाको सहारा लिएँ
तपस्यामा आफुलाई भिजाएँ
मैले खोजीरहेको म को कतै आभास पाईन

म त हराएछु भनेर दिक्क हुँदै सडकमा बरालिदैँ थिए
मेरो नजर एक अन्धो महिला बाटो काट्न कोशिस गरिरहेकोमा पर्यो
हतपत दौडेर उनलाई बाटो काट्न सहारा दिए
उनले मुस्कुराएर धन्यबाद भनिन्
मैले खोजीरहेको म मैले फेला पारे ।

तपाईको प्रतिक्रिया