१९ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

कोभिड महामारीले जर्जर बनाएको स्थानीय अर्थतन्त्रलाई केहि हदसम्म भए पनि तंग्रयाउन हङकङ सरकारले यस वर्षको आर्थिक वर्षमा हङकङका प्रत्येक स्थाइ वासिन्दालाई हङकङ डलर ५,००० हजार बराबरको किनमेल भौचर दिने भनेको थियो । यस विषयमा थप जानकारी दिन हङकङका अर्थ मन्त्री पल च्यानले जुन १८ तारिख शुक्रबार दिउँसो ३ बजे एक पत्रकार भेला राखेका थिए ।

हङकङका स्थाइ वासिन्दा र नव आगंतुक ( डिपेन्डेन्ट) उमेरले १८ वर्ष पुगेका र यो वर्षको जुन १८ तारीख या सो भन्दा अगाडिसम्म हङकङमा बसेकाले ४ जुलाईदेखि  १४ अगस्ट ( ६ हप्ता ) सम्मको अवधिमा आफ्नो नाम दर्ता गर्न सक्नेछन् मन्त्री च्यानले भने। आफ्नो विवरण दर्ता गर्ने दुई तरिका छ्न – इलेक्ट्रोनिक र लिखित । संभव भएसम्म इलेक्ट्रोनिक रजिस्ट्रेसन तरिका अपनाउन आग्रह गरिएकोछ किनकि यो प्रक्रिया छिटो र सजिलो छ।

जुन १८ भन्दा अगाडि निरन्तर २४ महिना हङकङ बाहिर बसेका नागरिकले यो सुबिधा लिन पाउदैन । तर अध्यनको लागि बाहिर गएका, विदेशको अस्पतालमा भर्ना भएका अथवा सरकारी ड्युटीमा बाहिर खटिएकाहरुले भने यो सुबिधा एप्लाइ गर्न पाउछन् ।

मुलभुभाग चीनबाट भर्खरै माइग्रेट भएका र हङकङका परमानेन्ट आइडी होल्डरका डिपेन्डेन्टहरुले पनि यो भौचर एप्लाइ गर्न सक्छन् ।

रजिस्ट्रेसन अवधि छ हप्ताको हुनेछ – जुलाइ ४ तारीख बिहान ६ बजेबाट अगस्ट १४ तारीख सम्म। रजिस्ट्रेसन प्रक्रिया सफल भएमा एसएमएस फोनमा आउदछ।

अन्लाईन रजिस्ट्रेसन वेबसाईट
consumptionvoucher.gov.hk

कागजको फारम भरेर आफ्नो नाम दर्ता गर्ने बासिन्दाले सेप्टेम्बर १ तारीख मात्र भुक्तानी प्राप्त गर्दछ। कागजको फारम पोस्ट अफिस तथा केहि सरकारीहरुमा उपलब्ध हुनेछ।

यो भौचर लिनको लागि अक्टोपस प्रयोग गर्ने नागरिकले हङकङ डलर ५,००० को कुपन तीन किस्तामा प्राप्त गर्नेछ पहिलो किस्ता २,००० , दोस्रो किस्ता २,००० र तेस्रो किस्ता १,००० हङकङ डलर। अरु उपलब्ध तीन वटा माध्यमबाट भुक्तानी चाहने नागरिकले २ किस्तामा आफ्नो हङकङ डलर ५,००० को भौचर प्राप्त गर्नेछ्न – पहिलो किस्ता हङकङ डलर २,००० र दोस्रो किस्ता हङकङ डलर ३,००० ।

अक्टोपस मार्फत भौचर संकलन गर्न चाहनेले निम्न माध्यम प्रयोग गर्न सक्छन् – सार्वजनिक यातायात अनुदान संकलन स्टेसनहरु ( एमटिआर स्टेसनमा भएको अक्टुपस कार्ड रिडर समेत ), ७-इलेभेन , ओके कन्भिनियन्स स्टोरहरु, वेलकम सुपरमार्केटका शाखाहरु, अक्टोपस सर्भिस स्टेसनहरु अथवा अक्टोपस मोबाइल एप। अन्य भुक्तानी माध्यम प्रयोग गर्न चाहनेको भौचरलाइ सोझै मोबाईल एप मार्फत एकाउन्टमा लगाइ दिइनेछ।

भुक्तानी समय सिमाबारे चाहिँ यस्तो छ प्रबन्ध । अक्टुपसको हकमा , यदि ४ तारिख जुलाई देखि १७ तारीख जुलाई भित्रको मितिमा आवेदन भरिएको छ भने पहिलो किस्तामा पाउनु पर्ने हङकङ डलर २,००० को भौचर अगस्ट १ तारिख प्राप्त हुनेछ , दोस्रो किस्ता हङकङ डलर २,०००भौचरको भुक्तानी अक्टोबर १ तारीख हुनेछ भने अन्तिम किस्ताको रूपमा रहेको हङकङ डलर १,००० को भौचर भने पहिला प्राप्त गरेको ४,००० को नगद भौचर खर्च भैसकेपछी  मात्र प्राप्त हुनेछ।

यदि एप्लिकेसन १८ जुलाई देखि १४ अगस्टको अवधिमा भरिएकोछ भने पहिलो किस्ता भौचरको भुक्तानी १ तारीख सेप्टेम्बरमा हुनेछ। दोस्रो किस्ताको भुक्तानी नोभेम्बर १ तारीख हुनेछ। र अन्तिम किस्ताको भुक्तानी भने पहिला प्राप्त रकम खर्च गरिसकिएको अवस्थामा मात्र प्राप्त हुनेछ। र पहिला पाएको ४,००० डलर सात महिना भित्र खर्च गरिसक्नु पर्नेछ। खर्चकर्ताहरुलाइ खर्च गर छिटो भन्ने सूचना पनि एसएमएस मार्फत पठाइने व्यवस्था छ।

अन्य तीन वटा माध्यमबाट हङकङ डलर ५,००० को भौचर रिसिभ गर्न चाहनेले दुई किस्तामा भुक्तानी पाउनेछ्न । पहिलो किस्ता २,००० र दोस्रो किस्ता ३,००० गरेर। यदि आवेदन फारम भरेको मिति ४ जुलाई देखि १७ जुलाईको अबधिमा हो भने भुक्तानी मिति अगस्ट १ तारीख हुनेछ र खर्च गरिसक्ने हदम्याद ५ महिनाको रहनेछ । दोस्रो किस्ता हङकङ डलर ३,००० को भुक्तानी अक्टोबर १ तारिख हुनेछ र खर्च गरिसक्ने हदम्याद तीन महिनाको हुनेछ।भुक्तान भएको दुबै भौचर ३१ डिसेम्बरमा एक्स्पायर हुनेछ। यदि १८ जुलाइ देखि १४ अगस्टमा फारम भरिएकोछ भने पहिलो किस्ताको भुक्तानी सेप्टेम्बर १ तारीख हुनेछ भने दोस्रो किस्ताको भुक्तानी अक्टोबर १ तारीखमा हुनेछ र यी दुबै भौचर ३१ तारीख जनवरी २०२२ मा एक्स्पायर हुनेछ।

हङकङका चार वटा इलेक्ट्रोनिक पेमेन्ट  सिस्टम भएको कम्पनीबाट  यो भौचरको भुक्तानी हुनेछ भनेर सरकारले केहि समय अघि भनेको थियो । ती कम्पनी हुन अलिपे एचके (AlipayHK),  अक्टोपस ( Octopus), ट्याप एन्ड गो (Tap & Go)  र वीच्याट पे एचके (WeChat Pay HK) ।

यो भौचरलाइ सार्वजनिक यातायात , स्थानीय खुद्रा पसल, घुम्ती पसल ,डिपार्टमेन्ट स्टोर ,सुपरमार्केट,सुलभ स्टोर , ,क्याटरिङ अर्थात रेस्टुरेन्ट , फास्ट फुड दोकान,कफी सोप,र तिनका आउट्लेट र अन्लाईन प्लेट्फर्म आदिमा प्रयोग गर्न सकिन्छ ।
तर यो नगद भौचरबाट सरकारी वा सार्बजनिक उपभोगसँग संबंधित बिल ( विद्युत, ग्यास आदिको महसुल ) तिर्न पाइन्न। अध्यन खर्च तथा चन्दा दिनको लागि पनि यो उपयोग गर्न पाइदैन ।

यस भौचरलाइ नगदमा रुपान्तरण गर्न खोज्ने पसललाई कानुनी कार्वाहीको दायरामा ल्याइने कुरा अर्थमन्त्री पल च्यानले १९ तारीख जुनको आरटिएचके रेडियोको अन्तर्वार्तामा भने।

तपाईको प्रतिक्रिया