२१ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

“अर्लि भ्याक्सिनेसन इन्सेन्टिव स्किम ” अर्थात  खोप शिघ्र  ग्रहण गर्नेलाई दिइने सुविधा योजना  अन्तर्गत हेन्डरसन ल्यान्ड डिभलपमेन्ट कम्पनीले जुन देखि सेप्टेम्बर महिनाभित्र छ वटा लक्की ड्र उडाउने भएको कुरा गत जून ७ तारीख घोषणा गरेको थियो  । हङकङमा परिचालित खोप अभियानलाई सफल तुल्याउन गरिने यो भाग्य चिठ्ठामा कुल  ३०० टिल (११.३३ केजी  ) ९९९ छापवाला ( २४ क्यारेट) सुन र हङकङ डलर १० लाख भन्दा बढीको सपिङ कुपनहरु रहेको बताइएको थियो ।

यो चिट्ठाको प्रथम पुरस्कारमा हङकङ डलर १० लाख भन्दा बढी मुल्य बराबरको ६० टिल (२.२६ केजी ) ९९९ छापावाल सुन रहेकोछ ।

१८ वर्ष पुरा भएका कोभिड खोपको दुबै मात्रा हङकङमा लगाएका हङकङका अस्थायी (डोमेस्टिक हेल्पर समेत ) र स्थायी दुबै आइडी होल्डरले  करिब हङकङ डलर १ करोड मुल्य बराबरको यो भाग्य चिट्ठामा भाग लिन सक्नेछन ।

यो भाग्य चिट्ठाको लागि अन्लाईन रजिस्ट्रेसन जुन २१ तारिख बिहान ९ बजेबाट खुला  भएकोछ। नाम दर्ता गर्ने वेबसाईट www.hldluckydraw.hk

“अर्लि भ्याक्सिनेसन इन्सेन्टिव स्किम ” अर्थात शिघ्र खोप ग्रहण गर्नेलाई दिइने  बिशेष सुविधा योजना अन्तर्गत  आयोजना हुने यो लक्की ड्रको प्रायोजन हेन्डर्सन डिभलपमेन्ट एन्टि – एपिडेमिक फन्डद्वारा भएको हो। यो फन्ड व्यक्तिगत रूपमा स्थापित च्यारिटी हो।   हेन्डर्सन ल्यान्ड ग्रुपका अध्यक्ष लि का सिङ , मार्टिन र डाक्टर लि का कीट “पिटर” ले यसलाई स्थापना गरेका हुन।

लक्की ड्रको मिति र पुरस्कारको सुची

१.पहिलो ड्र  हुने मिति – ८ जुलाई २०२१

प्रथम पुरस्कार- एक टिल९९९९ सुन २० जना विजेतालाई

सान्त्वना पुरस्कार(क)- हङकङ डलर १,००० मुल्यको सपिङ मल इ- भौचर १०० जना विजेतालाई *

सान्त्वना पुरस्कार (ख)- हङकङ डलर १,००० मुल्यको नगद कुपन १०० जना बिजेतालाई**

२. दोस्रो लक्की ड्र हुने मिति – २२ जुलाई २०२१

पुरस्कारहरु माथिको पहिलो लक्की ड्रमा राखिएको जस्तै हुनेछ।

३.तेस्रो लक्की ड्र हुने मिति – ५ अगस्ट  २०२१

पुरस्कारहरु – माथिको पहिलो लक्की ड्रमा राखिएको जस्तै हुनेछ।

४. चौथो लक्की ड्र हुने मिति – १९ अगस्ट  २०२१

पुरस्कारहरु – माथिको पहिलो लक्की ड्रमा राखिएको जस्तै हुनेछ।

५.पाँचौ लक्की ड्र हुने मिति – २ सेप्टेम्बर  २०२१

पुरस्कारहरु – माथिको पहिलो लक्की ड्रमा राखिएको जस्तै हुनेछ।

ग्रान्ड लक्की ड्र हुने मिति : २० सेप्टेम्बर २०२१

प्रथम पुरस्कार : ६० टिल ९९९९ सुन एकजना विजेतालाई

दोस्रो पुरस्कार : ३० टिल ९९९९ सुन २ जना बिजेतालाई

तेस्रो पुरस्कार : १० टिल ९९९९ सुन  ८ जना विजेतालाई

सान्त्वना पुरस्कार(क)- हङकङ डलर १,००० मुल्यको सपिङ मल इ- भौचर १०० जना विजेतालाई

सान्त्वना पुरस्कार (ख)- हङकङ डलर १,००० मुल्यको नगद कुपन १०० जना बिजेतालाई

* सपिङ मल इ – भौचरलाइ H COIN भन्ने मोबाइल एप्लिकेसन मार्फत हेन्डर्सन ल्यान्ड ग्रुपका सात वटा तोकिएको  सपिङ मलमा प्रयोग गर्न सकिन्छ ।

** नगद कुपनलाई हेन्डर्सन ल्यान्ड ग्रुपका  तोकिएका सुपर मार्केट ,खुद्रा पसल जस्तै UNY,APITA, citistore आदि  मा प्रयोग गर्न सकिन्छ ।

६ चोटि उडाइने चिट्ठाको लागि सहभागीले एक पटक आफ्नो नाम दर्ता गराएपछि पहिलो चोटि उडेको चिट्ठामा उ विजयी भएन भने उसको नाम संवत: दोस्रो, तेस्रो र अन्तिम  राउन्ड सम्म जाँदछ।  सुरुका पाँच राउन्डको खेलमा एक जनाले एक चोटि मात्र जित्न पाउनेछ। तर अन्तिम चोटिको ग्रान्ड प्राइज वाला लक्की ड्रमा भने सबैले भाग लिन पाउनेछ्न अघिल्लो पाँच राउन्डमा पुरस्कार परेको भएता पनि ।
सहभागीले एक चोटि मात्र नाम दर्ता गर्नु पर्नेछ।

लक्की ड्रमा आफ्नो नाम दर्ता गर्ने समय अवधि

१.

पहिलो ड्रको लागि नाम दर्ता शुरु गर्ने मिति – २१ जुन २०२१।
नाम दर्ता गरिसक्नुपर्ने मिति – ५ जुलाइ २०२१।

चिट्ठा उड्ने मिति – ८ जुलाई २०२१।

नतिजा घोषणा गर्ने मिति ९ जुलाई २०२१

२.

दोस्रो ड्रको लागि नाम दर्ता शुरु गर्ने मिति -६ जुलाई २०२१। 

नाम दर्ता गरिसक्नुपर्ने मिति – १९ जुलाइ २०२१।

चिट्ठा उड्ने मिति – २२ जुलाई २०२१।

नतिजा घोषणा गर्ने मिति २३जुलाई २०२१

३.

तेस्रो  ड्रको लागि नाम दर्ता शुरु गर्ने मिति -२० जुलाई २०२१। 

नाम दर्ता गरिसक्नुपर्ने मिति – २ अगस्ट  २०२१।

चिट्ठा उड्ने मिति – ५ अगस्ट  २०२१।

नतिजा घोषणा गर्ने मिति ६ अगस्ट  २०२१

४.

चौथो   ड्रको लागि नाम दर्ता शुरु गर्ने मिति -३ अगस्ट  २०२१। 

नाम दर्ता गरिसक्नुपर्ने मिति – १६ अगस्ट  २०२१।

चिट्ठा उड्ने मिति – १९ अगस्ट  २०२१।

नतिजा घोषणा गर्ने मिति २० अगस्ट  २०२१

५.

पाँचौ   ड्रको लागि नाम दर्ता शुरु गर्ने मिति -१७ अगस्ट  २०२१। 

नाम दर्ता गरिसक्नुपर्ने मिति – ३० अगस्ट  २०२१।

चिट्ठा उड्ने मिति – २ सेप्टेम्बर  २०२१।

नतिजा घोषणा गर्ने मिति ३ सेप्टेम्बर  २०२१

६.

छैटौं  ग्रान्ड  ड्रको लागि नाम दर्ता शुरु गर्ने मिति -३१ अगस्ट  २०२१। 

नाम दर्ता गरिसक्नुपर्ने मिति – १६ सेप्टेम्बर   २०२१।

चिट्ठा उड्ने मिति – २० सेप्टेम्बर  २०२१।

नतिजा घोषणा गर्ने मिति २३ सेप्टेम्बर  २०२१।

नोट : रातको १२ बजे दर्ता समय सकिनेछ।

सबै विजेताहरुको विवरण यो वेबसाईटमा घोषणा गरिनेछ।
www.hldluckydraw.hk

नतिजा स्थानीय पत्रीका साउथ चाइना मर्निङ पोस्ट (अंग्रेजी ) र सिङ थाउ डेलि ( चाइनिज ) मा पनि प्रकाशित हुनेछ।

तपाईको प्रतिक्रिया