२३ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

जुन ९ तारीख बिओसी लाइफ एसुरेन्स कम्पनी लिमिटेड र इसि हेल्थकेयरले कोभिड भ्याक्सिन लगाउन इच्छुक तर स्वास्थ्य अवस्था जाँच गरेर मात्र लाउन चाहने नागरिकको लागि निशुल्क स्वास्थ्य परिक्षण गरिदिने कुराको घोषणा गरेको थियो । ” फ्री कोभिड-१९ प्री- भ्याक्सिनेसन हेल्थ एसेस्मेन्ट” अर्थात भ्याक्सिन लाउन पुर्व गरिने निशुल्क स्वास्थ्य परिक्षण  प्याकेज अन्तर्गत १० हजार जना हङकङ नागरिकले निशुल्क स्वास्थ्य परिक्षण गर्न पाउँछन्।

यो सुबिधाको उदेश्य नागरिकहरुलाई भ्याक्सिन लाउन प्रेरित गर्नु र यथाशीघ्र हङकङलाई कोभिड फ्री बनाउनु हो भनेर प्रेस विज्ञप्तिमा भनिएकोछ।

खोप नलाउने थुप्रै कारण भए पनि  दुइटा कारण महत्त्वपूर्ण रहेको देखिन्छ अहिलेको अवस्थामा । एउटा कारण हो आफ्नो स्वास्थ ठिक नहुनु अर्थात दीर्घ रोगी हुनु जस्तै उच्च रक्तचाप , मधुमेह आदिबाट पीडित हुनु। त्यसो त हङकङ स्वास्थ्य बिभागले जारी गरेको गाइडलाइनमा पनि  अती गम्भीर दीर्घ रोग जस्तै उच्च रक्तचाप , डाइविटिज र हाइपर लिपिडिमिया अर्थात् रगतमा बोसो जम्ने रोगद्वारा पीडितले संबंधित रोग नियन्त्रणमा आएपछि मात्र  कोभिड भ्याक्सिन लाउन अनुरोध गरेकोछ।

दोस्रो कारण आफ्नो स्वास्थ स्थिति बारे अनभिज्ञ रहनु । आफ्नो  स्वास्थ्यको परिक्षण नियमित नगर्नाले कतै म भित्र पनि ठुलो रोग पो झाँगी सकेको छ कि भन्ने लाग्नु। र नियमित स्वास्थ्य परिक्षण नगर्नाले शरीरमा गम्भीर रोग विकसित भैसकेको थाहा नहुन पनि सक्छ। बिशेष गरि गम्भीर रोगको इतिहास भएको परिवार उच्च जोखिममा रहेको हुँदछ।

भ्याक्सिन लाउने कुरामा स्वास्थ्य स्थितिको बिशेष  महत्त्व हुने गर्दछ। बिशेषगरि दीर्घ रोगीहरुमा भ्याक्सिनको नकारात्मक असर देखीएको छ।  यी यस्तै अन्योललाई चिर्न र  भ्याक्सिन लाउनु कति खतरा र सुरक्षीत भन्ने कुरा भ्याक्सिन लाउनेलाइ बुझाउनको लागि यो निशुल्क स्वास्थ्य परिक्षण ल्याइएको हो। र डाक्टरले तपाईंको स्वास्थ्य अवस्थाको बारेमा स्पष्ट गरि बताइदिनेछ्न।

यस कार्यक्रममा भाग लिन चाहने योग्य उमेदवारको उमेर १८ वर्ष पुगेको र हङकङको परिचयपत्र बाहक हुनु पर्दछ। गत १६ तारीख जुन २०२१ बाट योग्य उमेदवारको लागि अन्लाईन फारम खुलिसकेको छ र फारम भर्ने अन्तिम म्याद  जुन ३० तारीख सम्म रहेकोछ । जो कोही इच्छुक नागरिक ले आफ्नो नाम दर्ता गरि स्वास्थ परिक्षणको लागि एपोइन्ट्मेन्ट लिन सक्छन् । १०,००० जनाको लागि उपलब्ध यो कोटा जसले पहिला भर्छ उसैले पाउने गरि राखिएकोछ। कोटा फुल नभैन्जेल दर्ता प्रक्रिया खुला नै रहनेछ।

अन्लाईन फारम भर्ने लिङ्क – “Health assessment before COVID-19 vaccination | 医思健康” https://echealthcare.com/zh/promo/bocl

स्वास्थ्य जाँच गर्ने ठेगाना

11th Floor, Office Building, Langham Place, 8 Argyle Street, Mong Kok

Room 3401-03, 34th Floor, World Trade Center, 280 Gloucester Road, Causeway Bay, Hong Kong

Enquiry Hotline (852) 2152 8503

तपाईको प्रतिक्रिया