२५ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।


हङकङ सरकारको भ्याक्सिन अभियानमा टेवा पुर्याउन सन हुङ केइ र क्वक फेमिलीले हङकङ डलर एक करोड भन्दा बढी मुल्यको भाग्य  चिट्ठाको प्रायोजन गर्ने भएको कुरा जुन ४ तारीख सार्वजनिक गरेको थियोे । आज जुन २५ तारीख बिहान ९ बजेबाट सो भाग्य चिट्ठाको लागि नाम दर्ता गर्ने प्रक्रिया शुरु भएको छ।

यो लक्की ड्र दैनिक ६२ दिन सम्म जुलाई १ तारीख देखि अगस्ट महिना ३१ तारीख सम्म  संचालन हुनेछ। प्रत्येक दिन उड्ने यो चिट्ठाको सबैभन्दा ठुलो पुरस्कार हुनेछ – आइफोन १२ (१२८ जिबि) साथमा १२ महिनाको लागि स्मार्ट टोन 5G SIM प्लान। प्रत्येक दिन एउटा मात्र आइफोन पुरस्कारको रूपमा उडाइने छ। प्रत्येक दिन जम्मा ५६ जना विजेताले  पुरस्कार प्राप्त गर्नेछ्न। कुल बिजेता करिब ७,००० जना   हुनेछ्न।

बिजेताको नामावली संबंधित वेबसाईटमा चिट्ठा उडेको पछिल्लो दिन अपरान्ह ५ बजे प्रकाशित हुनेछ।

एक करोडको यो पुरस्कारलाई दुई भागमा बिभाजन गरिने छ आधा-आधा । आधा भाग सन हुङ्के कै स्टाफको लागि हुनेछ  भने आधा आम जनताको निम्ति ।

आम जनता सरिक हुन पाउने भाग्य चिट्ठाको योग्यता – १८ वर्ष पुगेको , हङकङको स्थाइ परिचयपत्रबाहक र दुबै मात्रा सुइ हङकङमा  लगाएको हुनुपर्दछ। यदि पुर्व संक्रमित हो भने एक डोज भ्याक्सिन लगाएको हुनुपर्दछ।

योग्य सहभागीले २५ तारीख जुन बिहान ९ बजेबाट ३१ तारीख अगस्ट २०२१ दिनको १२ बजे (हङकङ समय) सम्ममा आफ्नो नाम दर्ता गर्न सक्नेछन लक्की ड्र वेबसाईटमा।
अथवा सन हुङ्के प्रोपर्टी मातहतमा रहेका निर्दिष्ट २३ वटा सपिङ मलको कस्टमर सर्भिस सेन्टरमा गएर फारम भर्न सक्नेछन् । सो सेन्टरमा स्टाफले अन्लाईन फारम भर्न सहयोग गर्नेछन् ।
सबै सहभागीले एक पटक मात्र नाम दर्ता गर्नुपर्ने छ। जसले पुरस्कार जित्दैन उसको नाम आफसेआफ बाकी रहेका सबै राउन्डमा जानेछ अगस्ट ३१ को अन्तिम राउन्ड सम्म।

योग्य सहभागीले भाग लिने दैनिक लक्की ड्रको पुरस्कार निम्नानुसार रहेकोछ।

प्रथम पुरस्कार
.एक जना विजेतालाई आइफोन १२ (128GB), स्मार्ट टोन कम्पनीमा 5G, 100GB को मासिक प्लान सहितको एक वर्षे कन्ट्र्याकको सिम कार्ड।

दोस्रो पुरस्कार
.दस जनालाई होटेल स्टेकेसन प्याकेज अर्थात होटेलमा निशुल्क बस्ने सुबिधा । ग्रुपको विभिन्न होटेलहरु जस्तै रिज कर्टन,रोयल गार्डन् , रोयल प्लाजा,फोर सिजन होटल  आदि । यो पुरस्कारको मुल्य हङकङ डलर २,००० हो।

तेस्रो पुरस्कार
.१५ जना विजेतालाई ३७५,००० बोनस पोइन्ट जसलाई सन हुङ केइ प्रोपर्टीको मलहरुमा सपिङ गर्न मिल्ने एपमा लगाएर किनमेल गर्न मिल्छ।

चौथो पुरस्कार
.२०  जनालाई हङकङ डलर एक हजारको डाइनिङ कुपन जसलाई ग्रुपको विभिन्न होटेलहरु जस्तै रिज कर्टन,रोयल गार्डन् , रोयल प्लाजा आदिमा प्रयोग गर्न मिल्छ।

पाचौं पुरस्कार
. १० जना विजेतालाई हङकङ डलर १,००० बराबरको AYATA  क्यास कुपन ।

प्रत्येक दिन १:३० बजे दिउँसो चिट्ठा उडाइनेछ।

लक्की ड्र लिङ्क

“齊齊打疫苗 日日有獎抽 Day Day Lucky Draw” https://daydaydraw.shkp.com

तपाईको प्रतिक्रिया