धरान / गायक डिल्ली फोम्बोले लिम्बु भाषाको ” फुङ्गवा साम्लो ” बोलको गीत सार्वजनिक गरेका छन्। दिल सिंह

मेयांग्बो (मेनिनम्यांग ) को रचनामा गायक फोम्बोकै संगीतमा तयार भएको गीतमा लिम्बु समुदायको मुन्धुममा वर्णन गरिए अनुरुप बिभिन्न फुलहरुलाई मानब जीवनका बिभिन्न पक्षहरु सँग प्रतिकको रुपमा वर्णन गरिएको छ।

मुन्धुममा वर्णन गरिए अनुसार सिल्लरी (धनियाँ ) फुल मानव चोलाको प्रतीकात्मक फुल हो भने बाबरी फुललाई अनिष्ट प्रेतात्माको फुलको रुपमा लिइन्छ। त्यसै गरी पट्पटे फुललाई तन्नेरीहरुको प्रतिक फुलको रुपमा लिइन्छ।मुन्धुममा यस्तै अन्य अनेकौं फुलहरुलाई बेग्लाबेग्लै प्रतीकको रुपमा बर्णन गरिएको हुन्छ। तर सबैलाई छोटो गीतमा समेट्न असम्भव भएको कारण केहि मुख्य फूलहरुको मात्र यो गीतमा वर्णन गरिएको गायक डिल्ली फोम्बो बताउंछन्।

अपार रेकर्ड्समा रेकर्ड गरिएको गीत सम – समीरको संगीत संयोजनमा तयार भएको हो भने एडम लिम्बुले भिडियो सम्पादन गरेका छन्। भविष्यमा पनि आफ्नो भाषा संस्कृतिको गीतहरु निकाल्दै जाने गायक गायक डिल्ली फोम्बो बताउंछन्।

भिडियो लिङ्क :

तपाईको प्रतिक्रिया