२८ जुन २०२१ हङकङ । नरजित राइ ।

किरात राई यायोक्खा हङकङको ११औ अधिबेशन जुन २७ तारीख आइतबार आफ्नै भवन  सुप्तुलुङ खिम , शातिन  स्थित किलिङ चुङ्गमा सप्पन्न भएको छ।

किराया हङकङको अध्यक्ष हरिचन्द्र राइको अध्यक्षतामा सप्पन्न अधिबेशनमा  नेपाली आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राई प्रमुख अतिथि र बिशेष अतिथिहरुमा तामाङ घेदुङ हङकङका अध्यक्ष  रमेश मोक्तान , तमु टहो हुइम्ल हङकङका अध्यक्ष  बिजय कुमार गुरुङ  ,याक्खा छुम्मा हङकङका अध्यक्ष पुर्ण याखा ,किरात सुनुवार  समाज  हङकङका प्रतिनिधि  नरेश सुनुवार , किराया केन्द्रीय कार्यसमिति नेपालका सदस्य दिलिप राई  हुनुहुन्थो।

यसैगरी  भाषिक  संस्थाका अध्यक्षहरु  चाम्लिङ खाम्बातिमका कल्पना राइ , साम्पाङ जुम्लेखाका तेजकुमार राइ , पुमा तुप्खाका पेङ पुमा राइ, थुलुङ सामाका रामली राई, बान्तावा खिमका दुर्गाकान्त राई,कोयु किमका प्रकाश राइ, बाहिङ मुलुखिमका लोखराज राइ,किरायाका प्रमुख सल्लाहकार रजिन राई, संरक्षक हेजेन राइ, किरात प्रज्ञा  प्रतिष्ठानका कुलपति शशी मदन राइ  तथा किरायाका सल्लाहकारहरु अतिथि रहेका थिए।

प्रमुख अतिथी किसन राइले दियोमा बत्ती बालेर  उदघाट्न गरिएको उक्त समाहरोमा संस्थाका उपाध्यक्ष चन्दृका राइले स्वागत मन्तब्य दिनु भएको थियो। यस बीच  सुप्तुलुङ निर्माण बिभागका मुल संयोजक धिराज कुमार राई सचिव अधिराज राइलाइ फेटा गुथाइ सम्मान पनि गरिएको थियो।

सो समाहरोमा वक्ताहरुले बोल्ने क्रममा  “किराया हङकङको नयाँ बन्ने कार्य समितिलाई अग्रिम बधाई  तथा शुभकामना दिएका थिए” । कार्यक्रमलाई दुई सत्रमा बिभाजन गरिएको थियो। पहिलो सत्रको कार्यक्रमलाई  सचिव  गजेन्द्र कुमार राइले सन्चालन गरेका थिए। खुल्ला सत्रको कार्यक्रमको अध्यक्षता गरि रहनु भएका किराया हङकङका अध्यक्ष हरिचन्द्र राइले खुल्ला सत्रलाइ समापन गर्नु भएको थियो।

दोस्रो सत्रको कार्यक्रम सन्चालनका लागि तीन सदस्यीय निर्वाचन मण्डलको गठन गरिएको थियो  जसमा हेजेन राई, किसन राई र बसन्त कुमारी राई रहेको थिए। सो निर्वाचन मण्डलको  अध्यक्षता हेजेन राइले गरेका थिए भने  कार्यक्रम किसन राइले सन्चालन गरेका थिए।

किराया हङकङका सचिव गजेन्द्र राइले किरायाले ३ बर्षमा गरेका गतिविधि,कामकारबाही, क्रियाकलाप बारेको सांगठानिक प्रतिबेदन  र संस्थाका कोषाध्यक्ष  गङ्गाराम राइले संस्थाको आर्थिक प्रतिबेदन हलमा प्रस्तुत गरेका थिए ।जस अनुसार  हङकङ डलर १,८३,९५७ संस्थामा बचत रहेकोे जानकारी गराएका थिए।

किराया हङकङको परिमार्जन सहितको बिधान १९९८ लाई संशोधनका लागि बिधान मस्यौदा समितिका तर्फबाट शशी मदन राइले बिधानलाइ प्रस्तुत गरेका थिए । हलमा बिधान तथा नियामवली बारेको छलफलमा निक्कै रस्सा कस्सि भएको थियो। समयभावको कारणले संस्थाका केही नियामवलीहरुलाइ आउदो वार्षिक  भेलामा छलफल गर्ने गरि बिधान पारित गरिएको थियो।

किराया हङकङको नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष पदमा बाहेक अन्य पदहरुमा पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका थिए। अध्यक्ष पदका प्रत्यासिहरुमा चन्दृका (माया)  थुलुङ राई र पिताम्बर चाम्लिङ राई रहेका थिए। वहाँहरु बीच प्रजातान्त्रिक तवरले मतदान हुँदा चन्दृका (माया) थुलुङ राइ बिजय हुनु भएको  थियो।

चन्दृका (माया)  थुलुङ राइको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको थियो।  नामावली यस निम्न बमोजिम छ्न।

(१) अध्यक्ष – चन्दृका (माया)  थुलुङ
(२) प्रमुख उपाध्यक्ष – गजेन्द्र बान्तावा राई
(३) महासचिव – गङाराम साम्पाङ राई
(४) सचिव – राजेन्द्र चाम्लिङ राई
(५) सहसचिव – शिव कुमार राई
(६) कोषाध्यक्ष  – मणि राज साम्पाङ राई
(७)सह कोषाध्यक्ष  – दिनेश कुमार थुलुङ राई 

सदस्यहरु

(८) पबित्र चाम्लिङ राई
(९) पबित्रा बान्तावा राई
(१०) राम चन्द्र कोयु राई
(११) बबिता साम्पाङ राई
(१२) बिस्नु कुमार बायुङ राई
(१३) भिम प्रसाद थुलुङ राई

स्मरण रहोस किरात राई यायोक्खा, हङकङको स्थापना २८ जनवरि १९९८ मा भएको थियो र यस पटक किरात राई यायोक्खा हङकङले पहिलो चोटि अध्यक्ष पदमा महिलालाई चयन गर्न सफल भएकोछ।

तपाईको प्रतिक्रिया