न्युयोर्क । अमेरिका।

नेपाल सरकारद्वारा ५९औं अनुसूचीमा सुचिकृत  आदिवासी जनजाति समुदाय अन्तर्गत पर्ने तोक्पेगोला (ढोक्प्या) समुदायको मातृसंस्था तोक्पेगोला समाज सेवा समितीको अमेरिका स्थित प्रवास संगठन ढोक्प्या किदुक अमेरिका शाखाको तेश्रो महाधिवेसन हिजो ३ जुलाई २०२१ मा अमेरिकाको क्विन्समा सम्पन्न भएको छ ।  

अधिवेसन उदघाटन र बन्द सत्र गरी दुई चरणमा सम्पन्न भएको थियो  । बन्द सत्रमा प्रस्तुत सचिवको कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन सहित भावी कार्ययोजनालाई वन्दसत्रबाट  सर्वसम्मत पारित गरिएको थियो । त्यसपछि  नयाँ कार्यसमिती चयन गर्ने प्रक्रियामा कार्यक्रम प्रवेश गरेको थियो । 

यस तेश्रो अधिवेसनले गोवा ढोक्प्याको नेतृत्वमा आगामी २ वर्षको लागि ११ सदस्यीय  कार्यसमिति चयन गरेको छ । नयाँ  कार्यसमितिको अध्यक्ष : गोवा ढोक्प्या, उपाध्यक्ष:निमा डोमा ढोक्प्या,  सचिव : ज्ञ्याल्जेन ढोक्प्या, सहसचिव : दावा फुटिक ढोक्प्या,  कोषाध्यक्ष : लाक्पा ढोक्प्या,  सहकोषाध्यक्ष : कासगंला ढोक्प्या र  सदस्यहरु,  पासागं वागंदी ढोक्प्या,  छेवागं ढोक्प्या,  फुपु नानी ढोक्प्या,  दावा छिरीगं ढोक्प्या र  छोकी ढोक्प्या रहेका छन  ।

तपाईको प्रतिक्रिया