क्रान्ति सुब्बा

जुलाई १,२०२१
हङकङ चीनलाइ हस्तान्तरण गरेको दिन हो जुलाई तारीख बिहीबार हङकङको भुमि चीनमा गाभिएको २४ वर्ष भयो। हङकङ सरकारले सन २००३ मा हङकङको संबिधानको धारा २३ अनुसार राजद्रोह सम्बन्धि ऐन पारित गर्न खोज्दा ठुलो जनविरोध खेपेको थियो त्यसबेला यो प्रस्तावित विधेयकको विरोधमा जुलाई तारीख कै दिन पाँच लाख भन्दा बढी जनता सडकमा उत्रिएका थिए जनदबाबका कारण उक्त ऐन पास भएन। हो यही समयबाट संस्थापन पक्षको विरोधमा शान्तिपूर्ण जुलुस वर्षेनी हुँदै आएकोछ हङकङमा नाराजुलुसको लागि एउटा भेला हुने स्थल हो कजवे बे स्थित भिक्टोरिया पार्क।हङकङमा सरकार विरोधी गतिविधि हुने कजवे बे मङ्क कोक हो। महामारीका कारण सबै किसिमको जन प्रदर्शनीलाई सरकारले गत वर्षबाट रोक लगाएकोछ। यस पटक संभावित सरकार विरोधी गतिविधिलाइ नियन्त्रण गर्न १० हजार प्रहरी बल प्रयोग हुने कुरा बताइएको थियो
जुलाई तारिखको हस्तान्तरण महोत्सवको छेको पारेर सदा झै सरकार विरोधी समुहहरु हङकङका विभिन्न सडकमा दाउ छोपेर बसेका थिए दिउँसोबाट नै कजवे बे र मङ्ग कोकमा मानिसहरुको जमघट बढेको थियो ।

जुलाई तारीख हङकङ चीनमा हस्तान्तरण भएको २४ औं वर्षगाँठको दिन भएकोले सरकार विरोधी गतिविधिलाई रोक्न दिन भरी बाक्लो प्रहरीको उपस्थिति हङकङको विभिन्न ठाउँमा थियो नै उक्त दिन विभिन्न कसुर जस्तै नक्कली तथा आक्रमक हतियार बोकेको, राष्ट्रिय झन्डा नस्ट गरेको, देश द्रोह सम्बन्धि पर्चा वितरण गरेको,सार्वजनिक स्थानमा आपत्तिजनक व्यवहार गरेको प्रहरीको ड्युटीमा बाधा डालेको आदि आरोपमा हङकङका विभिन्न इलाका जस्तै कजवे बे,तीन हाउ,मङ कोक वङ ताइ सिनबाट जम्मा १९ जनालाई गिरफ्तार गरिएको थियो बेलुकी बजे सम्मको रिपोर्ट अनुसार

रातको करिब १० बजेतिर एकजना ५० वर्षे ल्यङ थरका पुरुषले एकजना २८ वर्षका प्रहरीलाई कजवे बे स्थित सोगो डिपार्टमेन्ट स्टोर अगाडि छुरी प्रहार गरेका थिए छुरी प्रहार गरेको एक घण्टा पश्चात उक्त छुरी प्रहार गर्ने संदिग्ध व्यक्तिको अस्पतालमा मृत्यु भएको थियो आक्रमण भएको केहि समयपछि प्रहरी बिभागले आफ्नो फेसबुक पेजमा प्रहरी अफिसरको देब्रे पिठ्युँ (काँधको हड्डी )मा गम्भीर चोट लागेको उपचारको लागि अस्पतालमा लगिएको कुरा जनाइएको थियो आक्रमणकर्तालाई घटना स्थानमै प्रहरीले समातेको थियो प्रहरीलाईलाई छुरा प्रहार गरेपछि आक्रमणकर्ताले आफैलाइ पनि उक्त छुराले रोपेका थिए त्यसपछि उनलाई बेहोस अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो हस्पिटल अथोरिटीले रातको ११:२० बजे उक्त संदिग्ध आक्रमणकर्ताको निधन वान चाइको रतोन्जी अस्पतालमा भएको कुरा घोषणा गरेको थियो

सामाजिक संजालमा देखिएको भिडियो क्लिपमा प्रहरी अफिसर नजिक पुगेपछि छुरा जस्तो देखिने हतियार निकालेर एक कालो वस्त्रमा देखिएको चस्माधारी पुरुषले प्रहरी माथि आक्रमण गरेको दृश्य देखिन्छ प्रहरीहरु पनि उक्त आक्रमणकर्तालाई नियन्त्रणमा नलिइन्जेल पेस्तोलमा हात राखेर दौडिरहेको देखिन्छ तीन जना प्रहरीले पेस्तोल हातैमा तैनाथ गरेर स्थितिलाई पहरा दिएका थिए ।सोगोको बाहिर पट्टी ५५५ हेनेसी रोड कजवे बेमा प्रहरीको ट्याक्टिकल युनिटबाट ड्युटीमा खटिएका दुइ जना प्रहरी मध्ये एक जना माथि प्रहार भएको हो। शंकास्पद प्रहारकर्ता माथि प्रहरीले पेस्तोल खोर्सानीको धुलोले बनिएको पेप्पर स्प्रे तेर्स्याएका मात्र के थिए उनले एक्कासि आफ्नै छातीमा छुरा प्रहार गरे। हेर्दाहेर्दै उनको शरीरबाट यति रगत बग्यो कि रगतको आहाल जम्यो त्यहाँ

पछि पता लागे अनुसार संदिग्धले आफुले आफैलाइ छुराले रोप्दा मुटु मै लागेको पाइयो। छुराले मुटुमा झन्डै एक इन्च गहिरो रोपेको देखियो त्यसपछि ऊनी कोमा अवस्थामा गएका थिए वेहोसी अवस्थामा उनलाई बचाउन अस्पताल लगिएको थियो स्वस्थकर्मीहरु करिब १०: २५ तिर आएर बेहोस नभएको अवस्थामा रहेका प्रहरीलाई उपचारको लागि क्युइन मेरि अस्पताल लगिएको थियो

संदिग्ध व्यक्तिले प्रयोग गरेको छुरा घटना स्थलबाट बरामद गरिएको थियो जुन हतियारलाई करिब दुइ घन्टापछि सार्वजनिक गरिएको थियो फलफुल काट्ने सो छुरा एउटा कलम भन्दा सेक लामो रहेकोछ करिब २० सेन्टिमिटर लम्बाइको।

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले बेजिङबाट बिहीबार राति अबेर फर्किएको बेला विमानस्थलमा यो घटनाको भत्सर्ना गर्दैहङकङ सरकारलाई ठाडो चुनौतीदिने मनसायले गरेको हो भनिन
हङकङले मुस्किल पुर्वक आर्जन गरेको शान्तिलाई खलल पुर्याउने यो कृत्य बडो पस्चतापकारी छ।
क्यारी लाम चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक शताब्दी भएको उपलक्ष्यमा आयोजित समारोहमा भाग लिन बेजिङ गएकी थिइन।

जुलाई

जुलाइ तारीख बिहान बजे हङकङका नव नियुक्त सुरक्षा मन्त्री क्रीस ताङले घटनाबारे जानकारी दिदै मिडिया सामु २८ वर्षे प्रहरी अफिसरको देब्रे काँधमा छुराले चोट लागेको बताए उक्त चोट उनको मुटु भन्दा केवल १० सिएम मात्रै दुर रहेको थियो उनको फोक्सोमा पनि चोट लागेको थियोे
ट्याक्टिकल युनिटमा सेवारत ती प्रहरी अधिकारी प्रहरी सेवामा लागेको वर्ष भएको जानकारी दिदै उनको घाउको सल्यक्रिया हुँदै गरेको बताएका थिए क्रीस ताङ जो नोभेम्बर २०१९ बाट प्रहरी प्रमुख रहेका थिए गत हप्ता मात्र ऊनी सुरक्षा व्युरोका प्रमुखमा नियुक्त भएका हुन।

हत्याको प्रयास अन्तर्गत छानबिन हुने यस केसमा मृत अभियुक्तसंग अर्को सह अपराधी भएको कुनै प्रमाण नभेटिएको उनले बताए
क्युइन मेरि अस्पतालको अघिल्तिर रिपोर्टर संग बोल्ने क्रममा भनेहाम्रो प्रारम्भिक अनुसन्धान अनुसार यो एउटा एकलकाटेँ आतंककारी हमला हो।आक्रमणकारीका अलावा समाजमा द्वेष बिनाश फैल्याउन उद्यत हातभरी रगत बोकेका थुप्रै मानिसहरु पनि दोषी छ्न घटना हुनुमा ताङ्ले भने।

उनको घरबाट बरामद गरिएको कम्प्युटर अन्य सामाग्रीको आधारमा अध्ययन गर्दा उनी एक्लो स्थानीय आतंककारी ( lone wolf terrorist ) रहेको ठहर नै प्रहरीले गरेकोछ। विध्वंसका पक्षधर समाजमा भाँड पैदा गर्ने तत्वहरुको उक्साहट्मा लागेर यस्तो दुखदायी घटना घटेको कुरा ताङ्ले जनाए यस्ता किसिमको स्थानीय आतंककारी गतिविधिसंग जुध्न प्रहरीले अब पुर्व सतर्कताको लागि कुनै पनि शंकास्पद नागरिकलाई खानतलासी गर्न जरुरी भएको उनले थपे।
घाइते प्रहरीको घाउ सल्यक्रिया सफल भएपछि उनको अवस्था कृटिकलबाट शुक्रबार बिहान बजे पछी गम्भीर भएको थियो

ती ५० वर्षका ल्यङ किनफाइ सान पो कोङ , शुङ लिङ स्ट्रीटमा पर्ने भवनमा बस्ने कुरा पत्ता लागेको छ। उनी चुन मुन डिस्ट्रीक्टको भिटासोए कम्पनीको पर्चेजिङ डिपार्टमेन्ट प्रमुखको रूपमा मा काम गर्दथे भनिएकोछ। ल्यङका एक जना साथीको भनाइ अनुसार उनी अविवाहित , एक्लै हिड्न रुचाउने प्रकारका थिए उनी राजनीतिमा संलग्न भएको पुलिस रेकर्ड भएको कुनै कुरा अहिलेसम्म उनको साथीले सुनेका थिएनन् यो घटनाबारे सुनेर उनका सहकर्मीहरु चकित भएका थिए
जुलाई तारीख बिहान आवश्यक प्रमाणको खोजीमा गुप्तचरहरु उनी काम गर्ने कार्यलयमा गएका थिए ल्यङ सामाजिक संजालका त्यति सक्रिय प्रयोगकर्ता होइनन तर केही वर्ष अघिबाट हङकङमा घटीरहेको सामाजिक उथलपुथलका समाचारहरुमा भने उनको ध्यान

गएको थियो उनले प्रहरीको हत्या गर्ने प्रयास पुर्व केही सुसाइड नोट छोडेका थिए उक्त नोटमा प्रहरीलाई मार्छु आफू पनि मर्छु भनेका थिए आत्महत्या गर्नु पछाडि कारण रहेको कुरा पनि आफ्नो वयोवृद्ध मातापितालाई भनेका थिए हङकङमा उपलब्ध स्वतन्त्रता गुम्दै गरेको कुरा पनि पोखेका थिए उनी राष्ट्रिय सुरक्षा ऐनको बिरोधमा रहेको कुरा पनि खुलाएका थिए विगतमा प्रहरीले ध्वंसात्मक गतिविधि गरेको कुरा पनि नोटमा लेखेका थिए ।प्रहरी बिभागमा कुनै क्रीमिनल रेकर्ड नभएका ल्यङको फ्लाटबाट प्रहरीले सामाजिक आन्दोलनसंग संबंधित बिशेष गरि सुपुर्दगी ऐन बिरोधि पर्चाहरु प्रसस्त फेला पारेको थियो प्रहरीप्रति गहिरो घृणा पालेकै कारणले यस्तो अपराध घटाउने मनसाय उनमा पलाएको हुन सक्ने कुरा प्रहरी स्रोतको अनुमान छ।

जुलाई तारीख प्रहरी अधिकारीहरु अपराध घटेको स्थलमा गस्ती गएको बेला एक जना कालो वस्त्र लगाएको नागरिकले मृतक ल्यङप्रति शोक प्रकट गर्न फुल लादै गरेको देखेपछि प्रहरीले रोकेर खानतलासी गरेको थियो केहि नागरिकले घटना स्थलमा फुलहरु चढाएका थिए जसलाई प्रहरीले बरामद गरेको थियो ल्यङ काम गर्ने भिटासोए न्टरनेशनल होल्डिङ लिमिटेडले आफ्नो कर्मचारीको निधनमा समबेदना प्रकट गर्दै शोक सन्तप्त परिवारलाई एक विज्ञप्ति मार्फत सहानुभूति प्रकट गरेको थियो

जुलाई तारीख साँझमा केही मानिसले मृतकको संझनामा घटना स्थलमा श्रद्धाञ्जलीको आयोजना गरे।प्रहरी आएर घटना स्थललाइ आफ्नो अधीनमा लियो भिडलाइ हटायो। कालो लुगा लाउने हातमा सेतो फुल बोक्नेलाइ प्रहरीले खानतलासी गर्यो केही प्रहरीले मैन वत्ती फुल लाई मैला ढवाङ्ग फ्याकेको देखिन्थ्यो कोही प्रहरीसंग भनाभन गरिरहेको देखिन्थे

जुलाई तारीख

सुरक्षा मन्त्री क्रीस ताङले प्रहरी अधिकारीको अवस्था खतरामुक्त रहेको उनको उपचार क्युइन मेरि अस्पतालमा भैरहेको जानकारी मिडियालाई दिए। सामाजिक संजालमा हत्यारालाई हिरो, सहिद बनाइरहेको कुराको निन्दा गर्दै मतियारलाई सजाय दिएर छाड्ने प्रण गरे। अपराधिक क्रियाकलाप भित्र ईन्टरनेटको माध्यमबाट गरिएका राष्ट्रिय सुरक्षामा खलल पुग्ने,ध्वंसात्मक गतिविधिको प्रशंसा गर्ने कुराहरू पनि पर्दछ ताङ्ले भने। प्रहरीलाई छुरी हानेर आत्महत्या गर्ने आतंककारी अतिवादीलाई श्रद्धाञ्जली अर्पण गर्नु भनेको आतंकवाद

लाई नै समर्थन गर्नु हो त्यसो नगर्न प्रहरीले हङकङ बासिन्दालाई चेतावनी दिए अहिलेको राष्ट्रिय सुरक्षा ऐन अनुसार आतंककारीलाई आजिवन कारावास आतंकवादलाई टेवा दिनेलाइ दस वर्ष जेल सजाय रहेको छ।

प्रहरीको टोलि बुलेट प्रुफ ज्याकेलगाएर दिउँसोभरी घटना स्थललाई पहरा दिएका थिए हङकङ सरकारले जुलाइ तारीख रातमा एक प्रहरी अधिकारीलाई हत्या गर्ने हिसाबले गरेको छुरी प्रहारलाई एउटा एकलकाँटे आतंककारी हमला ( lone wolf terrorist attack ) भनेर भत्सर्ना गरेको थियो यो केसको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरी बिभागको राष्ट्रिय सुरक्षा कार्यलयले लिएको छ। प्रहरीका अनुसार राष्ट्रिय सुरक्षा बिभागले पुर्ण सक्रियताका साथ केसको अनुसन्धान गरिरहेछ। त्यो हत्याराको साथमा मतियारको रूपमा काम गर्ने अरु छ्न वा छैनन, उनलाई कसैले यो हत्या गर्न प्रोत्साहित गरेका या लगाएका हुन या होइनन आदि कुरा अनुसन्धानको दायरा भित्र रहेकोछ।

जुलाई तारीख

हङकङ प्रशासनका मुख्य सचिव जोन लिले यो केसको प्रकृति ज्यादै गम्भीर रहेको बताएकाछ्न। घटना भएको दोस्रो दिन घटना स्थलमा केहि नागरिकहरु फुल चढाउन जानू भनेको जानिबुझी सचेतताका साथ समर्थन गर्नु हो उनले भने यस्तो अपराधिक व्यवहारलाई सपोर्ट गर्नु ज्यादै खतरनाक हो। जसबाट यस्तै आतंककारी गतिविधि घटाइरहनु भन्ने सन्देश जादछ
यस्तो घटनाको निन्दा सिंगो समाजले गर्ने कुरामा जोड दिदै हङकङमा अहिले आतंकबाद मौलाउदो अवस्थामा त्यसैले बिदेशी शक्ति स्थानीय आतंकबादले ल्याउने जोखिमको विरुद्धमा पुर्व सतर्कता हङकङ सरकारले अपनाउनु पर्छ भने।

तपाईको प्रतिक्रिया