१७ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा आज थपिएका ९६ केस मध्ये ६ केस आयातित र ९० लोकल परेकाछ्न। लोकल केस मध्ये ५२ संक्रमितमा पहिलाका रोगीबाट भाइरस सरेको हो भने २६ जनालाई कता बाट भाइरस लाग्यो पत्ता लाग्न सकेन। हङकङमा कोरोना संक्रमित संख्या ७,९०० पुगेकोछ। आजका ९६ जना सबै रोगीहरु ५ महिनाको दुधे बालकदेखि ८७ वर्षका ४५ पुरुष र ५१ महिला परेकाछ्न। सत्तरी जना भन्दा बढी प्रारम्भिक पोजिटिभ केस आज फेलापरेकाछ्न।

आज एउटा नयाँ केस क्वाइ सिङ वेस्ट स्टेटबाट आएकोछ।

चोइ वान स्टेटको मिङ लाई हाउसबाट आज थपिएको चार जना कोभिड रोगी समेत गरेर जम्मा १० जना पुगेको स्थिति छ।

सेन्ट्रलको सिल्वर फर्चुन प्लाजा ८ तला , १ वेलिङ्टन स्ट्रीटमा रहेको ग्लो स्पा एन्ड सेलुनमा डिसेम्बर ८ पश्चात् गएका जोकोहीले अनिवार्य कोरोना टेस्टमा जानू पर्ने आदेश सरकारले दिइसकेको छ। यहाँ काम गर्ने चार जना स्टाफ र एक जना ग्राहकलाई कोरोनाले भेटेपछि यस्तो निर्देशन दिइएको हो।

डिसेम्बर १० मा यहाँ काम गर्ने पहिलो स्टाफलाइ कोरोना संक्रमण भएको थियो । संक्रमित चारै जना हेयर स्टाइलिस्ट स्टाफले काम गरेको बेला मास्क लगाएका थिए । तर ग्राहकलाई सेवा प्रदान गर्ने समय धेरै लामो भएकोले त्यसैबेला संक्रमण भएको अनुमान छ।

लोहास पार्क कन्स्ट्रक्सन साइटबाट १,डान्स ग्रुपबाट ४, चुङ क्वान ओ लाम तीन टनलबाट १ वटा केसहरु आज थपिएका छ्न।

तपाईको प्रतिक्रिया